सिन्धुलीमा जिप दुर्घटना, बेथानचोकका आठ जना घाइते

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ आश्विन १४, बुधबार (२ हप्ता अघि)
  • १६३ पटक पढिएको

सिन्धुलीमा जिप दुर्घटना, बेथानचोकका आठ जना घाइते

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बुधबार बिहान एउटा जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन्।

काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र. ०१–०३१ च ९७४९ नम्बरको जिप साढे ८ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन्।

उनीहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। जिपका चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्।

दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस