मेलुङ थकाली किचनको आठौं शाखा बनेपामा‚ ग्राहकलाई खानामा छुट

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ मंसिर १२, बुधबार (४ महिना अघि)
  • ४८४ पटक पढिएको

मेलुङ थकाली किचनको आठौं  शाखा बनेपामा‚ ग्राहकलाई खानामा छुट

बनेपा / मेलुङ थकाली किचनको आठौं शाखा काभ्रेको बनेपामा बिस्तार गरिएको छ ।
थकाली खानाको लागि ब्राण्ड बनाएको मेलुङ थकाली किचेनको ‘स्वादिष्ट परिकार’ अब बनेपा नै पाइने भएको छ ।

बनेपाको चाँदनीचोकमा द बर्गर हाउस एण्ड क्रन्ची फाइड किचेन सञ्चालन गरिरहेको समूहले नै बनेपामा मेलुङ थकाली किचेन सञ्चालनमा ल्याएको हो ।

फरक स्वाद दिने उद्धेश्यसहित सादा, चिकेन, मटन, माछा, बदेलका परिकारसहितको खाना सेट पाइने मेलुङ थकालीका सञ्चालक कृष्ण लामाले जानकारी दिए । लामाका अनुसार मेलुङ किचनमा आइसकेपछि फरक स्वादमा खाना पाइने बताए । ‘बनेपामा थकाली किचनहरू थुप्रै छन्‚ त्यसमध्येमा पनि मेलुङ थकालीमा चाहिँ फरक स्वादका खानाहरू खान पाइन्छ’‚ उनले भने‚ ‘हाम्रोमा मूल्य पनि महँङ्गो छैन‚ थकाली खानाको मौलिकता स्वाद पाउन सकिन्छ ।’

ढिडोसहित मार्सी खानाका अलावा खसीको सुकुटी, ह्याकुला, लोकल कुखुरा, असला माछा, ट्राउट माछा पनि पाइने सञ्चालक अर्जुन लामाले जानकारी दिए ।

‚ ‘बर्गर हाउसमा खाजा मात्रै हुने हुँदा ग्राहकको माग र खोज अनुसार थकाली किचन सुरु गरेको हो लामाले भने।’

पारिवारिक वातावरणमा स्वस्थकर खाना पाइने थकाली किचेनले खाना सेटमा २० प्रतिशत छुटको व्यवस्था मिलाएको जनाएको छ ।

बर्गर हाउसले युवा पुस्तालाई नेपालमै रोजगारीसँगै गुणस्तरीय सेवा र हाइजेनिक फुड प्रदान गर्दै आइरहेका छन् । शाखा बिस्तारको अवसरमा खाना सेटमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस