मधुमधुकर र शान्ति सार्वजनिक

  • काभ्रे खबर
  • / अन्य /
  • २०८२ मंसिर १७, बुधबार (१ हप्ता अघि)
  • ११५ पटक पढिएको

मधुमधुकर र शान्ति सार्वजनिक

साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मधुमधुकर खण्डकाव्य र शान्ति निबन्ध संग्रह एक समारोह बीच बीच लोकार्पण भएको छ। पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजूले एक कार्यक्रम बीच लोकार्पण गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि लाकोजूले सिर्जना कर्म चेतनाको कर्म भएको बताए । काव्यकार गोपाल पौड्याल मण्डनेले आफू जहाँ रहे पनि नेपाली साहित्य आफू सँगै रहने भावना पोखे । समालोचक तुयुकाजी ताम्राकारले डा गोपाल पौड्यालका दुई कृति मध्य मधुमधुकर आकारमा सानो तर मार्मिक रहेको बिचार पोखे । शान्ति पनि पठनीय रहेको बिचार पोखे । कार्यक्रममा साहित्यकार ध्रुबकृष्ण ताम्राकार, शम्भुलाल श्रेष्ठ , बिजयराम कर्माचार्यलगायतले मन्तव्य राखेका थिए ।

काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। उनको यो मधुमधुकर खण्डकाव्यभित्र प्रेमप्रणयको विषय छ । शान्ति निबन्ध संग्रहमा विविध विषयका निबन्धहरू समाविष्ट छन । पुस्तक लोकार्पण कार्यक्रम नेपाली लेखक संघ काभ्रे शाखाको आयोजनामा भएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस