चरिकोट /नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघकाे आयाेजनामा १३६ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १काे अबशरमा अन्तक्रिर्या कार्यक्रम समपन्न भएकाे छ । कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब सभापति तथा नेता ताराबहादुर काेइरालाले देशमा मजदुर मैत्रि कानुन निर्माण हुनुपर्ने र मजदुरकाे जिबिकाेपार्जनमा सहयोग पुर्याउनु पर्ने बताउनु भयाे । काेईरालाले राज्यले मजदुरलाई मालिक बनाउन कानुन निर्माण गर्नु पर्ने बताउनु भयाे । कार्यक्रममा कांग्रेस सभापति बर्मा लामाले श्रमिक दिवस आज श्रमिकहरूकाे विशेष दिन भएकाे मजदुरकाे हकहितका लागि मनाइने याे दिन निकै बिशेश मनाउन राज्यले बिदा दिएकाे बताउँदै मजदुरहरू कांग्रेसमा एकजुट हुन आग्रह गर्नु भयाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघका केन्द्रीय काेषाध्यक्ष रामचन्द्र लुइँटेल मजदुरहरूकाे अधिकार र संरक्षणकाे पक्षमा कांग्रेसले मात्रै बाेलेकाे बताउनु भयाे ।
कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ अध्यक्ष तथा मजदुर नेता संजय तमाङले मजदुर बिना महल निर्माण नहुने र तल्लाे बर्गका मजदुर भनेर हेपावट व्यवहार गर्ने हुँदा मजदुरलाई सम्मान गर्न आग्रह गर्नु भयाे । मे १ दिवसकाे दिन बिश्वभरका मजदुरहरूलाई शुभकामना दिँदै अध्यक्ष संजय तमाङले मजदुरका हकहित र अधिकारका पक्षमा लाग्न र श्रमकाे महत्त्व गर्न आग्रह गर्नु भयाे । संजय तमाङले कार्यक्रमलाई सम्बाेधन गर्दै सबै मजदुर नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघमा आबद्ध हुन आग्रह गर्नु भयाे ।