प्रधानमन्त्री ओलीले माओवादी देखाएर कांग्रेससँग अधिकतम बार्गेनिङ गरेको नेता बस्नेतको आरोप


प्रधानमन्त्री ओलीले माओवादी देखाएर कांग्रेससँग अधिकतम बार्गेनिङ गरेको नेता बस्नेतको आरोप

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाटक गरेर अधिकतम् बार्गेनिङ गरिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले माओवादीसँग संवाद अगाडि बढाएर कांग्रेससँग बार्गेनिङ गरिरहेको बताएका हुन् । प्रधानमन्त्री ओली माओवादीतिर लागेर कांग्रेसलाई धोका दिएको खण्डमा उनको सत्तामा पुग्ने यो अन्तिम पटक हुने पनि नेता बस्नेतले बताए ।

‘यो प्रधानमन्त्रीजीको सबै नाटकहरु । सकेसम्म अधिकतम बार्गेनिङ गरेर आफूले भनेअनुसार सत्ता सञ्चालन गर्ने विषयमा उहाँको रणनीति हुनसक्छ । कम्युनिष्टहरु कतिखेर मिल्छन्, कतिखेर फुट्छन् ? कतिखेर अङ्कमाल गर्छन् ? यो नेपाली इतिहासमा देखिएकै कुरा हो,’– उनले भने ।

उनले अहिले कांग्रेस–एमाले गठबन्धन टुट्ने सम्भावना नरहेको बताए । माओवादी केन्द्रको तर्फबाट पटक–पटक हामी विना शर्त सरकार बनाउन सहयोग गर्छौं भन्दा पनि शेरबहादुर देउवाले बेइमानी नगर्ने जवाफ दिएको उनले बताए । मुलुकको राजनीतिक स्थिरता र विकासको लागि कांग्रेस–एमालेको सरकार बनेको उनको दाबी छ ।

‘प्रचण्डजीको पक्षबाट त धेरै पहिलादेखि कांग्रेसलाई हारगुहार गरेर विना शर्त प्रधानमन्त्री बनाउन हामी तयार छौं, हामी आवश्यक बहुमत पुर्याएर बुझाउन जान्छौं भनेकै हो नि । तै पनि हाम्रो पार्टीको नेताले हामी बेइमान गर्दैनौं भन्नुभएको हो,’– उनले भने ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस