बेथानचोक वडा नं २ मा तरुण दल अध्यक्षमा अशोक केसि


बेथानचोक वडा नं २ मा तरुण दल अध्यक्षमा अशोक केसि

ढुंखर्क / दल बहादुर (अशोक )के.सी. को अध्यक्षतामा नेपाल तरुण दल, बेथानचोक गाउँपालिका वडा नं २ कार्यसमिति गठन गरिएको छ ।

उपसभापतिमा धनलाल श्रेष्ठ, सचिव मोहनकृष्ण तिमल्सिना, कोषाध्यक्ष टिलप्रसाद तिमल्सिना, सह–सचिव अमृत घिमिरे र सदस्यमा सन्तोष के.सी., शिव तिमिल्सना, मोजनाथ तिमल्सिना, नमराज तिमल्सिना, लक्ष्मण तिमल्सिना र राजन ढुंगाना छन् । नेपाली कांग्रेस बेथानचोकका सभापति प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलामा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, कांग्रेस वडा सभापति नवराज के.सी., वडा नं २ का अध्यक्ष पुरुषोतम तिमल्सिना लगायतले संगठन निर्माणमा तरुण दलको भूमिकाबारे चर्चा गरेका थिए । कार्यसमितिले प्रत्येक महिना अन्तिम शनिवार नियमित बैठक गर्ने र नेपाली कांग्रेसका सांगठनिक गतिविधीमा सकृय हुने निर्णय समेत गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस