थापाको शोकमा ५ दिनसम्म कांग्रेसको झण्डा आधा झुकाइने


थापाको शोकमा ५ दिनसम्म कांग्रेसको झण्डा आधा झुकाइने

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले पूर्व उपसभापति एवं महासमिति सदस्य गोविन्दबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै ५ दिनसम्म पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र पार्टीका पूर्व निर्धारित सबै कार्यसमिति स्थगित गर्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले थापाले नेपाली कांग्रेस काभ्रेको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको योगदानलाइ स्मरण र सम्मान गर्दै २०८२ श्रावण १, २, ३, ४ र ५ गते पाँच दिन सम्म पार्टीको जिल्ला देखि वडा सम्मको कार्यालयहरुमा झण्डा आधा झुकाउने, पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखे र पार्टीका पुर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गर्ने र शोकको अवधिभर ५ दिन सम्म पार्टीको जिल्ला देखि वडा सम्मको कार्यालयहरु बन्द रहने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।

२०२८ साल चैत्र १९ गते पनौती नगरपालिकाको धनेश्वरमा जन्मिएका थापाको २०८२ आषाढ ३२ गते निधन भएको थियो ।

सभापति लामाले जारी गरेको विज्ञप्तिमा थापाको निधनबाट नेपाली कांग्रेस काभ्रेले एक अग्रज र अनुभवी राजनीतिज्ञ गुमाएको र पार्टीलाइ अपुरणीय क्षति पुगेको उल्लेख छ ।

तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का जिल्ला सभापति रहेका थापा कांग्रेसमा समायोजनपछि जिल्ला उपसभापति थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस