नेपाली राजनीतिमा अध्ययन हराउदै गएको छ : उपसभापति गुरुङ


नेपाली राजनीतिमा अध्ययन हराउदै गएको छ : उपसभापति गुरुङ

काठमाडौ /नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनितीमा अध्ययन हराउदै गएको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले अध्ययन नभएको ठाउँमा झगडा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ अध्ययन हुँदैन त्यँहा ज्ञान हुँदैन, ज्ञान नभएको ठाउँमा बाहुबली हुन्छ, जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द र झगडा हुन्छ। जहाँ द्वन्द, झगडा हुन्छ त्यहाँ विनाश निम्तिन्छ। नेपाली राजनीति झगडा र विनाश उन्मुख छ ।”

आजको पुस्ताले अध्ययनमा समय खर्चिन नचाहेको तर्फ संकेत गर्दै माइक र मंच पायोकि अरुलाई गाली मात्रै गर्ने यसको पछिल्लो उदाहरण भएको तर्क गर्नुभयो । अध्ययन नभएका कारण आजभोलि राजनीतिमा आउने बित्तिकै मैले के पाए भन्ने गरेको उहाँले उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ” अध्ययन विना ज्ञान हुँदैन ज्ञान नभएको ठाउँमा मैले के पाए भन्ने मात्र हुन्छ ।”

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस