वाग्मती कांग्रेसको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे, सचिवमा मिनकृष्ण महर्जन

  • काभ्रे खबर
  • / नेपाली कांग्रेस /
  • २०८२ श्रावण २३, शुक्रबार (४ महिना अघि)
  • ४६२ पटक पढिएको

वाग्मती कांग्रेसको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे, सचिवमा मिनकृष्ण महर्जन

हेटौँडा/वाग्मती प्रदेश कांग्रेस संसदीय दलको नेता फेरिएसँगै संसदीय दलको प्रमुख सचेतक र दल कार्यसमितिको सचिव फेरिएका छन् ।
प्रमुख सचेतकमा काभ्रेपलाञ्चोकका कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । संसदीय दलको सचिवमा ललितपुरका मिनकृष्ण महर्जन नियुक्त भएका छन् ।

यसअघि, दलको सचिव रहेका कृष्ण लामा मन्त्री बनाइएपछि रिक्त पदमा महर्जन नियुक्त भएका हुन।

मुख्यमन्त्री इन्द्रबहादुर  बानियाँ नेतृत्वको सरकारमा आर्थिक मामिला वा अन्य कुनै मन्त्रालयको दाबी गरिरहेका नेपाली कांग्रेस बागमतीका महामन्त्री वादेलाई मुख्य सचेतक नियुक्त गरेर व्यवस्थापन गरिएको हो ।

तत्कालीन मुख्यमन्त्री एवं दलका नेता बहादुर सिंह लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले मन्त्री पदको सपथ लिन नपाएपछि मुख्य सचेतक पदबाट समेत राजीनामा दिएकाले उक्त पद रिक्त थियो।

ताजा अपडेट

खोजी गर्नुहोस