कांग्रेस क्षेत्र नम्बर दुईद्वारा दुई केन्द्रीय सदस्य सिफारिस


कांग्रेस क्षेत्र नम्बर दुईद्वारा दुई केन्द्रीय सदस्य  सिफारिस

बनेपा/नेपाली कांग्रेस, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाँई मधु प्रसाद आचार्य सहितका  नेताहरूको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको काभ्रेपलाञ्चोक २ कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले काभ्रे–२ को प्रत्यक्षतर्फ उम्मेदवारका लागि केन्द्रीय सदस्य हुमागाईंको नाम दोस्रो  नम्बरमा राखेर सिफारिस गरेको हो । प्रत्यक्षतर्फ सिफारिस हुनेमा अर्का  मधु आचार्य, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाईं, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त ‘मुकेश’, रोशन लामा, हेमकुमार तामाङ, राजन कार्की, नन्दु दुलाल र ईन्दिरा बुढाथोकीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति महेश खरेलले जानकारी दिएका छन् । समानुपातिकतर्फ दिल लामा, लीला नेपाल, तस्बिर लामा, जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मञ्जु आचार्य घिमिरे, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, ईन्द्रबहादुर तामाङ, कृष्णगोपाल भैललाई सिफारिस गरिएको सभापति खरेलले बताए ।

राष्ट्रियसभातर्फ ईन्द्रमणि अधिकारी, राम थपलिया, सीताराम परियार, गोविन्द पराजुली र रामेश्वर ढकाललाई कांग्रेसले उम्मेदवारको लागि सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस