
दाेलखा,१ पुस ।दाेलखाकाे एक मात्रै रहेकाे प्रतिनिधि सभाको निर्वाचन क्षेत्रकाे प्रतक्ष्यतर्फ पूर्व सभापति तारावहादुर कोइराला र केन्द्रीय सदस्यद्धय अजयबाबु शिवाकोटी र कुन्दनराज काफ्ले तथा बागमती प्रदेश सदस्य तथा समाजसेबी प्रभुराम श्रेष्ठ पुर्ब पार्टी सचिब केशब चाैलागाईको नाम पार्टी केन्द्रमा सिफारिस गरिने बताएकाे छ ।
पटक पटक चुनाव लडिसकेका ताराबहादुर कोइराला कांग्रेसभित्र शेखर कोइराला समुहका, शिवाकोटी गगन थापा र काफ्ले कृष्ण सिटौला निकट छन् भने श्रेष्ठ देउवा पक्षका संस्थापन मध्येका एक प्रमुख दाबेदार हुन् ।प्रभुराम श्रेष्ठ उद्योगपति तथा सञ्चार उद्यमी हुन् । केन्द्रीय सदस्य जिपछिरिङ लामा निर्बाचन नलड्ने घाेषणा सँगै संस्थापनबाट श्रेष्ठलाई टिकट पाउन निकै सहज हुने पनि बताएको छ।
पार्टी केन्द्रले प्रदेश सांसदहरुलाई उम्मेदवार सिफारिस नगर्न निर्देशन गरेकाले बागमती प्रदेशको आर्थिक मामिला मन्त्री समेत भइसकेका काफ्ले समस्यामा परेका छन् । यद्धपि उनको नाम पनि सिफारिस गर्ने जिल्ला पार्टीको तयारी छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ पूर्व जिल्ला सभापति उद्धवराज काफ्ले लगायतकाे दावेदारी रहेकाे छ ।
राष्ट्रिय सभामा खड्का र लामा
यस्तै राष्ट्रिय सभामा पूर्व सभापति रुद्रबहादुर खड्का र बर्तमान सभापति बर्मा लामा दावी रहेको छ । यसअघि खड्का प्रतिनिधि सभामा र लामा प्रदेशसभामा उम्मेदवार बनेका थिए ।
पार्टी केन्द्रको निर्देशन अनुसार उम्मेदवारहरुको नाम टुंगो लगाउन दोलखा कांग्रेसले सोमबार जिल्ला कार्य सम्पादन समितिको बैठक बोलाएको थियो । बैठकले यीनै नामहरु केन्द्रमा सिफारिस गर्ने र छलफल समपन्न भईसकेकाे तर पार्टी केन्द्रलाई सिफारिस गर्न बाकि रहेकाे श्रोतको दावी छ ।