ब्यवसायी बालकृष्ण थापा दाेलखाबाट प्रतिनिधि सभाकाे समानुपातिक काेटामा सिफारिस


ब्यवसायी बालकृष्ण थापा दाेलखाबाट प्रतिनिधि सभाकाे समानुपातिक काेटामा सिफारिस

दोलखा/नेपाली कांग्रेस दाेलखाले एक मात्रै प्रतिनिधि सभाकाे निर्बाचन क्षेत्र रहेकाे दाेलखामा विभिन्न ब्यक्तिहरूकाे नाम केन्द्रमा सिफारिस गरेकाे छ । जस मध्ये नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बालकृष्ण थापालाई नेपाली कांग्रेस दाेलखाले प्रतिनिधि सभाकाे समानुपातिक सुचिमा राखेर केन्द्रीय समितिलाई सिफारिस गरेकाे छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा खस आर्य तर्फबाट युवा नेता एबं ब्यवसायिकाे रूपमा थापालाई सिफारिस गरिएको नेपाली कांग्रेस दाेलखाले बताएकाे छ ।
लामो समयदेखि निर्माण व्यवसाय क्षेत्रमा क्रियाशील रहँदै आएका थापा यस निर्माण क्षेत्रका एक सफल, सक्षम र अनुभवी व्यवसायीका रूपमा परिचित छन्। उनले निर्माण व्यवसायका समस्या, चुनौती र सम्भावनाबारे गहिरो अनुभव हासिल समेत गरेका छन्।
कुनै समय नेपाली कांग्रेस दाेलखाकाे पार्टी कार्यलयलाइ घर दिएर सहयोग गरेका थापाकाे पारिबारिक पृष्ठभूमि पुरानो कांग्रेसि रहेकाे र पार्टी संगठन र नीति निर्माणमा उनको सक्रिय भूमिका रहँदै आएको छ। थापाकाे सिफारिसले दाेलखाका र देशभरका निर्माण ब्यवसायिलाई थप उर्जा मिलेकाे बताईएकाे छ । करिब ३५ बर्ष देखि निर्माण ब्यवसायमा लागेका थापाकाे सिफारिसले ब्यवसायिक घरानामा तरङ्ग पैदा भएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस