
काभ्रेपलाञ्चोक । नेपाली काङ्ग्रेसका तर्फबाट काभ्रे क्षेत्र नं. २ का उम्मेदवार मधु आचार्य घरदैलो कार्यक्रममा सक्रियरूपमा जुटिरहेका छन्। बौद्धिक, शालिन र संगठन निर्माणमा सधैं अगाडि रहने नेताका रूपमा परिचित आचार्यले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।
घर–घर पुगेर मतदाताका गुनासा, अपेक्षा र सुझाव सुन्ने क्रममा आचार्यले प्रत्येक प्रश्नको संयमित, स्पष्ट र तर्कपूर्ण उत्तर दिँदै आएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सुशासनका विषयमा राखिएको उनको दृष्टिकोणले मतदाताको ध्यान खिचेको स्थानीयहरू बताउँछन्।
राजनीतिमा मर्यादा, विचार र व्यवहारलाई सधैं प्राथमिकता दिने नेता आचार्यको घरदैलो अभियानलाई मतदाताले विश्वासयोग्य र आशालाग्दो रूपमा लिएका छन्। “नेताले यसरी सुनिदिने र जवाफ दिने शैली पहिलो पटक देख्यौं,” मतदाताहरु भन्छन् ।
काङ्ग्रेसको संगठन मजबुत बनाउँदै जनताको पक्षमा नीति र कार्यक्रम अघि बढाउने अठोटसहित मैदानमा उत्रिएका मधु आचार्यको अभियानले काभ्रे–२ मा चुनावी माहोल थप उत्साहित बनाउँदै लगेको देखिन्छ।