
बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न वडाबाट एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्ने लर्काे नै लागेकाे छ । वडा नम्बर ४ काे चलालगणेस्थानमा जेनजीहरु २ सहित ३ जना कांग्रेसमा प्रवेश गरेका छन् । यस्तै च्यासिङखर्कमा २९ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसको चुनावी कार्यक्रममा बेथानचोक पुगेका काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्यले टिका लगाएर उनीहरुलाई कांग्रेसमा स्वागत गरेका छन् । लामो समयदेखि नेकपा एमालेमा रहेर राजनीति गरिरहेका कुमार केसी र प्रेमबहादुर तामाङ गोलेकाे संयुक्त प्रयासमा ती युवाहरु सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा डम्बरबहादुर तामाङ, चन्द्रबहादुर गोले, सोनाम तामाङ, सन्देश तामाङ, अनिल तामाङ, लक्ष्मी लामा तामाङ, साहिँली तामाङ, भीम नेपाली र पदमबहादुर खत्री रहेका छन् । यस्तै सुशीला दमाईँ, धनमाई सुनार, सुकुदेवी नेपाली, रमिला सुनाम र शंकर नेपाली पनि कांग्रेसमा प्रवेश गरेका छन् । एमालेको राजनीतिप्रति वितृष्णा जागेर आफूहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताए ।
यसैबीच नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ को घरदैलो अभियान तिब्ररुपमा अघि बढीरहेको छ । पाँचखालबाट शुरु भएको अभियान, बनेपा, भुम्लु हुँदै बेथानचोक पुगेको हो । माघ २७, २८ र २९ गते मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा कार्यक्रम तय भएको कांग्रेस चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।