एमाले परित्याग गर्दै पूर्व मन्न्त्री रामबिर मानन्धर कांग्रेस प्रवेश, सभापति गगन थापाद्वारा सदस्यता प्रदान


एमाले परित्याग गर्दै पूर्व मन्न्त्री रामबिर मानन्धर कांग्रेस प्रवेश, सभापति गगन थापाद्वारा सदस्यता प्रदान

काठमाडौं– रामबिर मानन्धरले नेकपा (एमाले) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई पार्टी सभापति गगन कुमार थापाले सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरेका हुन्।

कांग्रेसको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सभापति थापाले मानन्धरलाई सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरे। उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेश गरेका हुन्।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस