
धुलिखेल, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस धुलिखेल नगर समिति सभापति पदमा बिदुर बहादुर बस्नेतले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उनलेसामाजिक संजाल मा लेखेका छ्न “नेपाली कांग्रेस धुलिखेल नगर सभापति पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु।” बस्नेतले सम्पूर्ण धुलिखेल नगरका क्रियाशील सदस्य, शुभेच्छुक, नेपाली कांग्रेसका भ्रातृ संगठन, वडा सभापति तथा वडा पदाधिकारी, क्षेत्रीय प्रतिनिधि एवं सम्पूर्ण कांग्रेसजनसँग संगठन सुदृढीकरण, एकता र सहकार्यका लागि पूर्ण प्रतिबद्धता जनाएका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले “अबको कांग्रेस, नयाँ कांग्रेस” भन्ने नारा अघि सारेका छन्। साथै “संगठन बलियो • कांग्रेस सशक्त • समृद्ध धुलिखेल” भन्ने लक्ष्यसहित अघि बढ्ने बताएका छन्। बस्नेतले संगठनलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउन पुनः सक्रिय सहभागिताका साथ अघि बढेको उल्लेख गरेका छन्।
उनले संगठन सुदृढीकरण र एकताका लागि सहकार्य गर्न आग्रह गरेका छन्।
स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने लक्ष्यसहित उनको यो घोषणा आएको हो।