नमोबुद्धको सभापतिमा रमेश तिवारीको दावेदारी


नमोबुद्धको सभापतिमा रमेश तिवारीको दावेदारी

भकुण्डे । नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत नमोबुद्ध नगरपालिकामा युवा नेता रमेश तिवारीले सभापति पदमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन् ।

बुधबार हुने पालिका स्तरीय अधिवेशनमा तिवारीले आफ्नो उमेदवारी रहने बताएका हुन । संगठन निर्माण र नेतृत्व चयन प्रक्रिया अगाडि बढिरहेका बेला पार्टी संगठनको सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता, पार्टीभित्रको सहकार्य, संवाद र पारदर्शितालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै तिवारीले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
स्थानीय तह निर्वाचन पश्चात् विशेषगरी वडा नं. ३ मा विकास निर्माण तथा जनहितका कामहरूलाई प्रभावकारी रूपमा अघि बढाउन उनले खेलेको भूमिकालाई प्रशंसा गर्दै स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूले उनलाई सफलताको शुभकामना दिएका छन् । अधिवेशनमा सहभागी प्रतिनिधिहरूले उम्मेदवारहरूको विचार, प्रतिबद्धता र विगतका कार्यहरूलाई मूल्याङ्कन गरी मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस