
दोलखाको बिगु गाउँपालिकामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँपालिका सभापतिमा बिपि लामा निर्विरोध निर्वाचित भएका छन्।
गाउँपालिका अधिवेशनबाट लामा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। लामाको नेतृत्वमा बिगु गाउँपालिकामा कांग्रेसको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
यसअघि सम्पन्न वडा अधिवेशनबाट बिगु गाउँपालिकाका आठवटै वडामा वडा सभापतिसमेत निर्वाचित भएका छन्।
निर्वाचित वडा सभापतिहरूमा वडा नम्बर १ लामाबगरबाट डिल्लीबहादुर मगर, वडा नम्बर २ ओराङबाट राजकुमार तामाङ, वडा नम्बर ३ बुलुङबाट टहलबहादुर भुजेल, वडा नम्बर ४ लादुकबाट नउस खड्का, वडा नम्बर ५ चिलङ्खाबाट बलराम खड्का, वडा नम्बर ६ आलम्पुबाट बेदबहादुर थामी, वडा नम्बर ७ बिगुबाट लाक्पा शेर्पा र वडा नम्बर ८ खोपचागुबाट जाङ्बु शेर्पा रहेका छन्।
गाउँपालिका सभापति र आठवटै वडा सभापति निर्विरोध निर्वाचित भएसँगै बिगु गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई थप एकताबद्ध र सक्रिय बनाउने कांग्रेस नेताहरूले बताएका छन्।