
दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोलखामा हुन लागेको अधिवेशनमा जिल्ला कार्यसमिति सदस्य कर्मा शेर्पाले प्रदेश महाधिवेशन प्रतिनिधि (जनजाति तर्फ) उम्मेदवारी दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखामा वडा, पालिका हुँदै अधिवेशनका विभिन्न तहका निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
शेर्पा नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसमिति सदस्यका रूपमा पार्टी संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय शेर्पा व्यवसायमा समेत संलग्न छन्।
विशेषगरी युवाहरूमाझ सक्रिय र लोकप्रिय रहेका शेर्पाले जनजाति समुदायको प्रतिनिधित्व गर्दै प्रदेश महाधिवेशनमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। युवाको सहभागिता, सामाजिक सरोकार र पार्टी संगठनलाई थप सक्रिय बनाउने विषयमा आफूले निरन्तर काम गर्दै आएको उनको भनाइ छ।
शेर्पाको उम्मेदवारीसँगै दोलखामा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश महाधिवेशन प्रतिनिधि चयनको गतिविधि पनि थप रोचक बनेको छ।