रास्वपाका संघीय निर्वाचन सम्पादन समितिका सदस्यशंकर ढकाल कांग्रेस प्रवेश

  • काभ्रे खबर
  • / रा.स्व.पा. /
  • २०८२ फागुन १७, आईतबार (१ हप्ता अघि)
  • १९२ पटक पढिएको

रास्वपाका संघीय निर्वाचन सम्पादन समितिका सदस्यशंकर ढकाल कांग्रेस प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) संघीय निर्वाचन सम्पादन समितिका सदस्य इन्जिनियर डा शंकर ढकाल नेपाली काँग्रेस प्रवेश गरेका छ्न ।

काभ्रे जिल्लाका यी उर्जाशिल युवा रहेका ढकाललाई नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खादा लगाएर पार्टीमा स्वागत गरेका छन । उनी काभ्रे २ बाट उम्मेद्वार रहेका मधु आचार्यलाई सहयोग गर्नेगरि कांग्रेस प्रवेश गरेका शर्माले जानकारी दिए ।

बदलिएको काँग्रेसले देश बदल्न सक्छ भन्ने विश्वास साथ पार्टी प्रवेश गरेको ढकालले बताए ।

ढकालले आइतबार नै संघीय निर्वाचन सम्पादन समिति संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल समक्ष राजिनामा दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस