श्रीखण्डपुर/नेपाल प्रेस युनियनको ३४ औंं स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुललाई खाद्यान सहयोग गरेको छ ।
नैकिनटार, श्रीखण्डपुरस्थित गुरुकुल पुगेर युनियन काभ्रेले चामल, नुन, तेल, दाल, चिउरा, चिनी, चियापत्ती, विस्कुट, फलफुलसहितका सामाग्री हस्तान्तरण गरेको हो ।
नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीले प्रत्येक बर्ष रचनात्मक काम गरेर स्थापना दिवस मनाउदै आएको र गुरुकुललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै प्रेस युनियन सामाजिक कार्य प्रति उत्तरदायि रहेको बताउनु भयो । सोही कार्यक्रम मार्फत प्रतिष्ठान एवं गूरुकुलका संचालक समितिका रामप्रसाद तिमल्सिनाले पत्रकारका प्रेस रुनियनबाट पाएको सहयोग प्रति आभार प्रकट गर्दै दान र सहयोगबाट नै गुरुकुल संचालन भएकाले सहयोग लागी अपिल गर्नु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष इश्वरी ओझा, पूर्व अध्यक्ष महेशराज पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका सदस्य सुनिता सापकोटा, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, सचिव शुभराज अधिकारी, सहसचिव इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारी, सदस्यहरु रामचन्द्र अधिकारी, विपाशना शाक्य लगायतको सहभागिता रहेको थियो ।
विन्धवासिनी आध्यात्मिक प्रतिष्ठानले सञ्चालन गरेको गुरुकुलमा १७ जना बटुकहरू रहेका छन ।