बनेपा/पनौती–११ बल्थलीको स्वास्थ्य स्वयसेविका मनकुमारी लामालाई एक कार्यक्रमविच सम्मान गरिएको छ । पनौती आईटी पार्क अघि रहेको लोटस ईभेन्टमा आयोजित विशेष समारोहमा सीएनएन हिरो अनुराधा कोईरालाको हातबाट सावित्रीदेवी प्रतिष्ठानले लामालाई सम्मान गरेको हो । पनौती–११ बल्थलीको स्वास्थ्य स्वयसेविका लामालाई सो क्रममा नगद १५ हजार सहित सम्मान गरिएको हो । सामान्य पढाई विकट गाउँको हुर्काईपछि ग्रामीण स्वास्थ्य कार्यकर्ता बनेर स्वयसेविका बनेर उनले गाउँमा विशेष गरेर तामाङ समुदायमा स्वास्थ्यको सचेतना जगाउने काम गरेकाले लामालाई सम्मान गरिएको हो । कार्यक्रममा अनिस्मा तामाङलाई दश हजार नगद सहित सम्मान गरिएको छ । कक्षा १२ अध्ययरत लामाको भबिष्यमा चार्टर एकाउन्टेन बन्ने लक्ष्यमा सहयोग होस भनेर पुरस्कृत गरिएको प्रतिस्ठानका अध्यक्ष रामेन्द्र न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा खोपासी निवासी शाहारा जेस्ठ नागरिक समाजका अध्यक्ष भरतप्रसाद शर्मा लाई पच्चिस हजार नगद सहित सम्मानित गरिएको छ । सोहि क्रममा डा आशिष् लामिछाने लाई सम्मान पत्र प्रदान गरिएको थियो सम्मान कार्यक्रममा कोइरालाले समाजमा लागुऔषधको समस्या बढेकोमा चिन्ता प्रकट गरिन । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, डा. राजेन्द्र कोजू, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले प्रतिष्ठानको भूमिकाको प्रशंषा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।