रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

  • काभ्रे खबर
  • / समाज /
  • २०८२ माघ २०, मंगलबार (७ महिना अघि)
  • ५१५ पटक पढिएको

रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

रोशी गाउँपालिका तीनवटा विद्यालयका विद्यार्थीहरूलाई भकुण्डेबेसी जेसीजले न्यानो कपडा वितरण गरेको छ।

भकुण्डेबेशी जेसीजमा नयाँ अध्यक्ष आउने वित्तिकै रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास प्राथमिक विद्यालय, रोशी ६ को ठाकुरस्थान प्राथमिक विद्यालय र सिद्धार्थ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर, टोपी) वितरण गरिएको हो ।

भकुण्डेबेसी जेसीज वर्ष २०२६ का अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा विद्या विकास प्राथमिक विद्यालयका ३३ जना, ठाकुरस्थान प्राथमिक विद्यालयका २२ जना र सिद्धार्थ प्राथमिक विद्यालयका ४ जना विद्यार्थीलाई एकएक थान स्वेटर र टोपी वितरण गरिएको हो ।

भकुण्डेबेसी जेसीज वर्ष २०२६ का अध्यक्ष उप्रेतीले शिक्षाको ज्योति फैलाउन बालबालिकाको स्वास्थ्य र सहजता पनि उत्तिकै महत्त्वपूर्ण रहने बताउँदै सस्थाको तर्फबाट सानो सहयोगले बालबालिकाहरूको सिकाई प्रक्रियामा उत्साह थपिने विश्वास लिएको बताईन । बढ्दो चिसोबाट विद्यालय जाने बालबालिकालाई केहि मात्रामा भएपनि राहत मिलोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको उप्रेतीको भनाई छ ।

वितरण कार्यक्रममा रोशी ६ का वडा अध्यक्ष नारायणबहादुर सिवाकोटी, भकुण्डेबेसी जेसीज वर्ष २०२६ का कार्यकारी उपाध्यक्ष शिवप्रसाद न्यौपाने, शाखा सम्पादक कल्याण काफ्ले लगायत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस