एन्फाको नियमित साधारण सभा काभ्रेको धुलिखेलमा सम्पन्न , वार्षिक क्यालेन्डर सार्वजनिक

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८२ बैशाख २७, शनिबार (२ महिना अघि)
  • २०८ पटक पढिएको

एन्फाको नियमित साधारण सभा काभ्रेको धुलिखेलमा सम्पन्न , वार्षिक क्यालेन्डर सार्वजनिक

धुलिखेल/अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२५ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल र फूटसल प्रतियोगिता समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बिहीबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले क्यालेन्डर पारित गरेको हो।

पुरुष फुटबलतर्फ फिफा इन्टरनेशनल विन्डो अन्तर्गत नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछिको मार्च २५ मा मलेसियाविरुद्ध एएफसी एसियन कप छनोट खेल हुनेछ। यी दुवै खेलहरू भइसकेका छन् । जुन १० मा नेपालले लाओससँग एसियन कप छनोटको अर्को खेल खेल्नेछ।

सेप्टेम्बर १ देखि ९ सम्म मैत्रीपूर्ण खेलहरू हुनेछन् भने अक्टोबर ९ मा नेपालले भियतनामसँग र अक्टोबर १४ मा पुनः भियतनामसँग दोस्रो खेल खेल्नेछ। नोभेम्बर १८ मा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने मार्च ३१, २०२६ मा नेपालले लाओससँग खेल्ने तालिका छ।

महिला फुटबलतर्फ फिफा विन्डो अन्तर्गत मार्च ३१ – अप्रिल ८, मे २६ – जुन ३, अक्टोबर २० – २८ र नोभेम्बर २४ – डिसेम्बर २१ भित्र दुईवटा मैत्रीपूर्ण खेल र त्रिकोणात्मक प्रतियोगिता हुने उल्लेख गरिएको छ।

चिनियाँ नयाँ वर्षको अवसरमा फेब्रुअरी १० मा नेपाल र चीनबीच मैत्रीपूर्ण खेल हुनेछ।

युवा स्तरमा २०२५ को साफ यू–१९ पुरुष च्याम्पियनसिप श्रीलंकामा मे ८ देखि १८ सम्म हुने छ। त्यसैगरी साफ च्याम्पियनसिप २०२५ असाररश्रावण महिनामा भारतमा आयोजना हुनेछ। उक्त प्रतियोगिता एएफसी एसियन कप २०२६, फिफा महिला विश्वकप २०२७ ९ब्राजिल० र ओलम्पिक छनोट २०२८ ९अमेरिका० को तयारीसँग पनि सम्बन्धित हुनेछ।

साफ यू–२० महिला च्याम्पियनसिप २०२५ जुलाई १ देखि ११ सम्म बंगलादेशमा हुनेछ।

यस्तै अन्य प्रतियोगिताहरूमा एएफसी यू–२० महिला एसियन कप छनोट, एएफसी यू–१७ महिला तथा पुरुष एसियन कप छनोट, साफ यू–१७ महिला तथा पुरुष च्याम्पियनसिप, एएफसी यू–२३ एसियन कप ९साउदी अरब, सेप्टेम्बर १(९० लगायतका मितिहरू समावेश गरिएको छ।

त्यस्तै घरेलु फुटबल तथा फुटसल प्रतियोगिताहरूको वार्षिक कार्यतालिका पनि सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार विभिन्न उमेर समूह, लिग तथा विद्यालयस्तरीय प्रतियोगिताहरूको आयोजनाको तयारी गरिएको छ।

एन्फाले सुरुमा एन्फा प्रेसिडेण्ट लिग २०२५ को आयोजना ५ जेष्ठदेखि २४ जेष्ठ २०८१ ९१८ मे–७ जुन २०२५० सम्म गर्ने घोषणा गरेको छ। यो प्रतियोगितामा सातवटै प्रदेशका लिग च्याम्पियनहरू समावेश हुनेछन्। त्यसैगरी, एन्फा कप लिग कम नकआउट फुटबल च्याम्पियनसिप २० वैशाखदेखि ३ जेष्ठ २०८२ सम्म ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा सञ्चालन हुनेछ।

विद्यालय तहका खेलहरूमा पनि विशेष ध्यान दिइएको छ। यू१४ र यू१७ पुरुष तथा यू१४ र यू१६ महिला अन्तर विद्यालय जिल्ला स्तरीय प्रतियोगिता १० वैशाखदेखि १० जेष्ठ २०८२ सम्म देशभरिका ४९ जिल्लामा सञ्चालन गरिनेछ। त्यसपछि, जिल्ला विजेताबीच ५ भदौदेखि २५ भदौसम्म प्रदेशस्तरीय प्रतियोगिता हुनेछ भने, त्यसपछि २२ असोजदेखि ३१ असोजसम्म राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ।

राष्ट्रिय लिग २०२५ को आयोजना १९ श्रावणदेखि १० असोज २०८१ ९४ अगस्ट–२६ सेप्टेम्बर २०२५० सम्म गरिनेछ। त्यसबाहेक, क्लब स्तरका प्रतिष्ठित लिगहरूमा शहीद स्मारक ‘सी’ डिभिजन लिग ६ पुष २०८१ देखि १५ फाल्गुन २०८२ सम्म, ‘ए’ डिभिजन लिग १६ डिसेम्बर २०२५ देखि १४ जुन २०२६ सम्म, र ‘बी’ डिभिजन लिग ४ मार्च २०२६ देखि १४ मे २०२६ सम्म सञ्चालन हुनेछ।

महिला तथा यूथ फुटबलमा पनि विविध कार्यक्रम समावेश गरिएको छ। महिला लिग २०२५ ७ सेप्टेम्बरदेखि २४ मंसिर २०८२ सम्म हुनेछ भने, महिला लिगको छनोट चरण १ असारदेखि १६ असारसम्म सञ्चालन हुनेछ। यसैगरी, यू१४ र यू१७ महिला लिग, यू१६ र यू१८ पुरुष लिग, तथा ललित स्मारक यू१८ लिग समेत तालिकामा समावेश छन्।

फुटसलतर्फ हेर्दा, एन्फाले यो वर्ष पनि विशेष सक्रियता देखाएको छ। फुटसल लिग क्वालिफायर २०२५ को पहिलो राउण्ड २७ अप्रिलदेखि १५ मेसम्म, र दोस्रो राउण्ड २० मेदेखि ५ जुनसम्म सञ्चालन हुनेछ। यी चरणहरूमा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू ए डिभिजन फुटसल लिग ९मध्य जुलाईदेखि मध्य अगस्ट २०२५० मा सहभागी हुनेछन्।

त्यसैगरी, एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप २०२५ २ नोभेम्बरदेखि २७ नोभेम्बरसम्म र महिला फुटसल च्याम्पियनसिप मंसिरको मध्यतिर आयोजना गरिनेछ। यी दुवै प्रतियोगिता काठमाडौंमा आयोजना गरिनेछ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस