नेपाल महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८२ जेष्ठ ५, सोमबार (१ महिना अघि)
  • १३४ पटक पढिएको

नेपाल महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा

नेपाल महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। आइतबार थाइल्यान्डमा भएको एसिया छनोटको सुपर थ्रीको पहिलो खेलमा युएईमाथि ५ विकेटको सानदार जित निकाल्दै नेपालले ग्लोबल छनोटमा पुगेको हो।

नेपालका जितसँगै थाइल्यान्ड पनि ग्लोबल छनोटमा पुगेको छ। दुवै टिम सुपर थ्रीमा १ खेल बाँकी छँदै ग्लोबल छनोटमा पुगेका हुन्।

पहिला ब्याटिङ गर्दै युएईले दिएको १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दू बर्मा, रुविना क्षेत्री र सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरे।

कप्तान इन्दूले २८ बलमा २ चौका मद्दतमा नटआउट ३० रन बनाइन्। उनको ‘रनिङ विटविन द विकेट’ उत्कृष्ट थियो। यस्तै, पूर्वकप्तना रुविनाले १८ बलमा ३ चौका मद्दतमा २३ रनको महत्वपूर्ण पारी खेल्दा सम्झनाले ओपनिङमा २७ बलमा ३ चौका नै प्रहार गर्दै २१ रन बाइन्।

बलिङमा युएईका मिचेल बोथा, सुरक्षा कोटे, वाइसनवे महेश र इशा ओजाले समान १ विकेट लिए।

त्यसअघि युएईले ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। उसका लागि इशा ओजाले ३९ र थिर्था सतिश २१ रन बनाए भने हिना होट्चनदानीले २० रन बनाइन्।

बलिङमा नेपालका मनिषा उपाध्यायले ४ विकेट लिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले पनि १ विकेट लिइन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस