बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८२ जेष्ठ १५, बिहिबार (१ महिना अघि)
  • २३६ पटक पढिएको

बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता

बनेपा / बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता भैरहेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला र बनेपा नगरपालिकाबाट राष्ट्रिय स्तरका टेबलटेनिसका खेलाडीहरु तयार गर्ने, राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार गर्ने उद्धेश्य रहेको प्रतियोगिता हो ।

बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघको आयोजनामा आजबाट सुरू भएको राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता जेठ १७ गतेसम्म संचालन हुनेछ ।

१८ वर्ष भन्दा कम उमेर समूहका केटा र केटी समूहविच हुने प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । खुल्ला पुरुष र महिला (एकल)तर्फ प्रथम हुनेले ४० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन। मास्टर (एकल) तर्फ ४० वर्ष उमेर भन्दामाथि समूहमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मास्टर (एकल) ५५ वर्ष उमेर समूहमाथिको प्रतिष्पर्धामा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ्न प्रतियोगिता  सुरुवात गर्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले टेबलटेनिस खेलको विकासको लागि नगरपालिकाले प्रशिक्षण लगायतका विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउनु भयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस