बनेपा / ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता पाचौँ संस्करणको उपाधि श्रीकृष्ण माध्यमिक विद्यालय, खरिपाटी भक्तपुरका सन्तोष कार्की र अस्मिता गोलेले जितेका छन ।
छात्र र छात्रातर्फ भएको छुट्टाछुट्टै प्रतियोगितामा एकै विद्यालयका कार्की र गोलेले जितेका हुन ।
छात्रतर्फ सन्तोषले ७ किलोमिटर दौड २६ मिनेट १ सेकेण्ड मा पुरा गरेका थिए । दोस्रो भएका काठमाडौं, तारकेश्वरस्थित लालीगुराँस नेसनल एकेडेमीका सुवास रावतले २६ मिनेट ८ सेकेण्डमा दौड पुरा गरेका थिए । २८ मिनेट ११ सेकेण्डमा दौड पुरा गरेका श्रीकृष्ण माविका प्रविण कार्की तेस्रो भए ।
छात्रातर्फ ३ दशमलव ६ किलोमिटर दौडमा प्रथम हुने श्रीकृष्णकै अस्मिता गोलेले १६ मिनेट ५३ सेकेण्डमा दौड पुरा गरिन् । दोस्रो हुने श्रीकृष्णकै दिपा थापाले १७ मिनेट १४ सेकेण्ड र तेस्रो हुने जेसीज माध्यमिक विद्यालय भक्तपुरका ब्रिटिशा शिल्पकारले १९ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन ।
बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, राष्ट्रिय महिला क्रिकेटका कप्तान इन्दु वर्मा, विद्यालय संचालक समितिका अध्यक्ष सुरकृष्ण वैद्य, सदस्य आत्माराम थापा, प्रबन्ध निर्देशक प्रताप वैद्य, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँति, जिल्ला ट्राफिक प्रहरी कार्यालयका बनेपाका प्रमुख प्रहरी निरिक्षक सन्तोष धुँजु , शसस्त्र प्रहरी बलका खेल संयोजक बिजयकुमार के.सी. लगायतले विजयी खेलाडीलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।
माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका बालबालिका लक्षित कार्यक्रममा २ सय २० जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक लगायतका विद्यालयहरूले सहभागिता जनाएका थिए ।