
बनेपा /काभ्रेपलाञ्चोक जिल्ला भलिबल संघको पाँचौँ जिल्ला अधिवेशन तथा चुनावी साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले विक्रम प्रजापतिलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।
नयाँ समितिमा उपाध्यक्षको जिम्मेवारी विमल श्रेष्ठ र दिलिप श्रेष्ठलाई दिइएको छ भने सचिवमा जम्बुदिप थापा र कोषाध्यक्षमा सिताराम तिमल्सिना चयन भएका छन्। कार्यसमितिका सदस्यहरूमा विजय कृष्ण वादे, प्रह्लाद अधिकारी, दिपक नेपाल, आशिका आचार्य, हरी नारायण श्रेष्ठ, राजन सापकोटा र वाङटि गोले रहेका छन्।
यसै क्रममा केन्द्रीय प्रतिनिधिमा विजय कृष्ण वादे तथा प्रदेश प्रतिनिधिमा विमल श्रेष्ठ र रोहन तुसुजु चयन गरिएका छन्। अधिवेशनले अध्यक्ष प्रजापतिले पेस गरेको प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ।
सोमबार अध्यक्ष प्रजापतिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मनबिर वाईबा, नेपाल भलिबल संघका उपाध्यक्ष एवं निर्वाचन संयोजक गौतम प्रसाद लामिछाने, उपाध्यक्ष श्रीराम बोगटी, सचिव सुनकेशरी माली, बागमती प्रदेश भलिबल संघका अध्यक्ष माधव केसी र अन्तर्राष्ट्रिय भलिबल रेफ्री विजय केसीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।