केयूको उपकुलपतिका लागि १६ जनाको निवेदन स्वीकृत, को–को परे?

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • २७२ पटक पढिएको

केयूको उपकुलपतिका लागि १६ जनाको निवेदन स्वीकृत, को–को परे?

धुलिखेल । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ।

गत १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गरिएकोमा जसमा १७ जनाले आवेदन दिएका थिए। उपकुलपति छनोट समिति १७ मध्ये १६ जनाको निवेदन उपकुलपतिका लागि स्वीकृत गरेको हो।

केयूले उपकुलपछि छनोटका लागि सुरेजराज शर्मालेको नेतृत्वमा ३ सदस्यीय समिति गरेको थियो। अब समितिले आवेदन दिएका १६ जना मध्ये १० जनाको सर्ट लिस्ट निकालेर अन्तर्वार्ता लिनेछन्, र अन्तर्वार्तापछि ३ जनाको नाम सिफारिस गर्नेछ।

यी हुन् निवेदन स्वीकृत भएका १६ जना

प्रा.डा. मेघराज दंगाल, प्रा.डा. श्यामनारायण लाभ, प्रा.डा. नविन पोखरेल, प्रा.डा. सुबोध शर्मा, प्रा.डा. बालचन्द्र लुइँटेल, प्रा.डा. हरिप्रसाद न्यौपाने, प्रा.डा. विभूति रञ्जन झा, प्रा.डा. भोला थापा, प्रा.डा. कन्हैया झा, प्रा.डा. जर्नादन लामिछाने, प्रा.डा. मनिष पोखरेल, प्रा.डा. विमप्रसाद श्रेष्ठ, प्रा.डा. वेदमणी दाहाल, प्रा.डा. राजेश नेपाल, प्रा.डा. अच्युत प्रसाद वाग्ले, प्रा.डा. धिरज गिरी ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस