सिएमसी काभ्रेको अध्यक्षमा गोपाल दाहाल

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ बैशाख ७, आईतबार (१ हप्ता अघि)
  • २०३ पटक पढिएको

सिएमसी काभ्रेको अध्यक्षमा गोपाल दाहाल

बनेपा/कोअपरेटीभ म्यानेजर्स क्लव काभ्रेको अध्यक्ष पदमा गोपाल दाहाल चयन हुनु भएको छ । क्लबको आज बसेको तेस्रो बार्षिक साधारण सभाले ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

जिल्ला सहकारी संघ लि काभ्रेका निवर्तमान अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा आर्थिक विकास मित्र साकोस पाँचखालका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी,
सचिवमा आभाष साकोस बनेपाका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्य र कोषाध्यक्षमा लक्ष्मी महिला साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी चयन हुनु भएको छ ।
त्यसैगरी क्लवको कार्य समितिको सदस्यहरूमा एक्प्रेस साकोसका अरुण थापा, सक्षम साकोसकी पार्वती थापा, महिला आधारशिला साकोसकी यशोदा बोगटी, सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका गौतम प्रजापती र वाँसडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अनन्त तिमल्सिना चयन हुनु भएको छ ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस