० सहकारी के हो ?
साधारण भाषामा बुझ्ने हो भने साझा हित तथा उद्धेश्य प्राप्तीका लागि कुनै सदस्यहरुको समुह एक आपसमा मिलेर सहयोगको भावनाले स्थापना गरेको संगठित संस्था नै सहकारी हो । सहकारी शब्दले सहकार्य गर्नु अर्थात मिलेर काम गर्नु भन्ने बुझिन्छ । सहकारीको बिषेश मर्म भन्नाले सबैका लागि एक र एकका लागि सबै भन्नु हो । समुहका सदस्यलाई आवश्यक परेको बेला सबै सहयोगी भावना सहित सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक बृद्धि बिकासको उदेश्य लिएर सहकारीको स्थापना भएको हुन्छ । अहिलेको समयमा यहि भावनाहरु समेटी बिभिन्न बचत तथा ऋण सहकारी, कृषि सहकारी, बहुउद्धेशीय सहकारी आदि स्थापना भई संचालनमा छन ।
० चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को परिचय दिनु पर्दा ?
चण्डेश्वरी साकोस मिति २०४७ साल असार २ गते १३ जना स्थानिय युवाहरु मिलेर १३००रुपैयाँ पूँजीबाट चण्डेश्वरी फोरमको नामबाट स्थापना भएको थियो । बि.सं. २०५० असोज ६ गते बिधिवत रुपमा डिभिजन सहकारी कार्यलय काभ्रेमा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को नाममा दर्ता भई काभ्रेपलाञ्चोक जिल्ला कार्यक्षेत्र बनाई सिमित आर्थिक कारोबार गर्ने गरी स्थापना भएको वित्तीय संस्था हो । चण्डेश्वरी साकोस स्थापना देखि नै समुदायमा आधारीत भई समुदायमा छरिएर रहेको स–साना बचतहरु संकलन गरी सदस्यहरुलाई आवश्यक परेको बेला ऋण उपलब्ध गराई सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानको निम्ति लागिपरेको छ । यस संस्थाले आफ्नो बार्षिक कार्य योजना बनाई समय समयमा बिभिन्न शिपमुलक तालिम प्रदान गरी समुदायमा लघु उद्यम तथा स्वरोजगार बन्नका लागि पहल गर्दै पनि आईरहेको छ । समुदायको हितका लागि समय समयमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, अभिमुखिकरण तालिम, जेष्ठ तिर्थाटन तथा जेष्ठ सदस्य सम्मान आदि कार्यक्रमहरु संचालन गर्दै समुदायमा आधारीत भई यस संस्थाले बिभिन्न समयमा राष्ट्रिय एवं् अन्तराष्ट्रिय उपलब्धीहरु हासिल गर्न सफल भएको छ । आकु (ACCU) को प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि. (नेफ्स्कुन) को समन्वयमा संचालित संस्था स्तरीकरण कार्यक्रम अन्र्तगत एक्सेस सिल्भर (ACCESS SILVER) ब्राण्ड प्राप्त गर्न सफल भएको छ भने नेफस्कुनबाट बिविध समयमा बागमती प्रदेश स्तरीय उत्कृस्ट बचत तथा ऋण सहकारीको उपाधी पाउनुका साथै नेफ्स्कुनको ३६ औँ साधारण सभा बाट नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था बन्न पनि यो संस्था सफल भएको छ । साथै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी, राष्ट्रिय सहकारी बैङ्कले कारोबारको आधारमा उत्कृष्ट सहकारी सम्मान प्रदान गरेको छ । यस संस्थाले सदस्यहरुलाई सदस्यको आवश्यकता अनुरुप विभिन्न बचत तथा ऋण सेवाहरु प्रदान गर्दै आउनुका साथै छिटो छरिटो वित्तीय सेवा सुबिधा दिने उद्धेश्यले नविनतम प्रविधिमा आधारीत विविध डिजिटल सेवाहरु ए.टि.एम. सेवा, मोबाईल बैकिङ्ग सेवा, ट्याबलेट बैकिंङ, रेमिट्यान्स सेवा, क्यु.आर. मर्चेन्ट सेवा, ई–टेलर सेवा आदि पनि प्रदान गर्दै आईरहेको छ र निरन्तर सदस्यको हितका लागि कार्य गर्दै जाने उद्धेश्य लिएको छ ।
० कस्तो छ आर्थिक कारोबार ?
वित्तीय कारोबारको आधारमा दिगो र सुरक्षित संस्थाको रुपमा पहिचान भएको यस संस्थाको २०८१ फागुण मसान्त सम्मको बित्तय अवस्था हेर्ने हो भने, संस्थाको शेयर पुँजी रु ११ करोड ३६ लाख ११ हजार, बचत संकलन रु १ अर्ब २२ करोड ३४ लाख ९२ हजार विभिन्न कोषहरु रु १५ करोड ९२ लाख ६ हजार गरी संस्थाको जम्मा सम्पत्ति रु १, अर्ब ५७ करोड ३१ लाख ५१, हजार कायम रहेको छ भने कर्जा जोखिम व्यवस्था पल्र्सको मापडण्ड अनुसार पुर्ण रुपमा व्यवस्था गरी सदस्यहरुको बचत रकमलाई शत प्रतिशत रुपमा सुरक्षित गरेको छौँ । पल्र्सको मापडण्ड सहकारी संस्थाको वित्तीय स्वास्थ्य मापन गर्ने यन्त्र मानिन्छ । संस्थाको अधिकांश सुचाङ्क पल्सको मापडण्ड अनुसार कायम रहेको छ भने संस्थाको तरलता रु ३७ करोड ९९ लाख ५८ हजार रहेको हुदाँ सदस्यलाई आवश्यक परेको बेला कुनै पनि समयमा सदस्यको बचत फिर्ता गर्त तथा ऋण लगानी गर्न सक्षम रहेको छ । आर्थिक कारोबारको कुरा गर्नुपर्दा हाल बिश्व अर्थतन्त्रमा देखिएको आर्थिक संकुचनका कारण व्यवसायहरुमा जोखिम केहि हदसम्म बढेको देखिन्छ जसले गर्दा लगानीका लागि प्रतिकुल अवश्था सिर्जना भएका कारण संस्थाको ऋण मागमा भने कमि आएको देखिन्छ ।
० विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय घरापमा छन । सहकारीले प्रवाह गरेको ऋणको व्याज समेत तिर्न धौ धौ छ । यस्तोमा सहकारीले केहि सहुलिएत योजना अघि सारेको छ ?
बिश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण हाल जुन व्यवसायमा प्रतिकुल असरहरु देखा परेको छ चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना व्यवसायी ऋणी सदस्यहरुको लागि सहुलियत व्याजदरमा सर्वसुलभ ऋण सेवा प्रदान गर्दै आईरहेको छ । कोभिड जस्तो संवेदनशील समयमा संस्थाले सदस्यको समस्या बुझि सदस्यलाई हर्जना छुट व्याजदरमा सहुलियत लगाएत व्यवसाय उत्थानको लागि थप सहयोग ऋण प्रदान गर्नुका साथै किस्ता तिर्न असमर्थ हुनु भएका सदस्यलार्य किस्ता पुनः तालिकिकरण गरेको थियो । हाल पनि चण्डेश्वरीले निरन्तर सदस्यमैत्री भई सदस्यलाई सहुलियत व्याजदरमा ऋणहरु प्रदान गर्दै आई रहेको छ । साथै संस्थाले ई.भि. गाडि तथा वैकल्पिक उर्जा जस्ता क्षेत्रमा लगानी गर्न चाहने त्यस्तै गरी महिला उद्यमी, स्वरोजगारमा जोडिन चाहने सदस्यलाई केन्द्रित गरि नयाँ ऋण सेवाहरु पनि अघि सारेको छ । चण्डेश्वरी साकोसले नियमित रुपमा किस्ता भुक्तान गर्ने सदस्यलाई पाकेको व्याजमा ५% सम्म नियमित छुटको व्यवस्था गरेको छ भने बर्ष भरी नियमित रुपमा किस्ता तिर्ने सदस्यलाई संरक्षित पुँजी फिर्ताको व्यवस्था पनि रहेको हुँदा पक्कै पनि सदस्यलाई सहुलियत हुने जस्तो लाग्छ ।
० बचतका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था वित्तीय कारोबार गर्ने संस्था भएको हुदाँ यसको मुख्य कार्य नै बचत संकलन गरि आवश्यक परेका सदस्यलाई लगानी गर्नु हो । संस्थाले सदस्यको आवश्यकता र उद्देश्यको आधारमा बिभिन्न बचत सेवाहरु प्रदान गर्दै आईरहेको छ । चल्ती प्रकारका दैनिक बचत, घरदैलो बचत, बिषेश बचत, जेष्ठ सदस्य बचत, नियमित ऐच्छिक बचत आदि रहेका छन भने क्रमीक धन शिर्जना प्रकारका १० बर्षे नियमित बचत, खुत्रुक्के बचत, चाडपर्व बचत आदि बचत सेवा प्रदान गर्दै आईरहेको छ । बाल सदस्यलाई केन्द्रित गरि बाल बचत तथा बाल बालिकाका लागि निःशुल्क चण्डेश्वरी खुत्रुक्के वितरण पनि गर्दछ । चण्डेश्वरी साकोसले सदस्यहरुको मुद्धति बचत तथा अन्य बचत सेवामा समय समय अनुसार आकर्षक बजार ब्याजदर पनि दिदैँ आएको छ ।
० ऋण प्रवाहमा ध्यान दिनु पर्ने कुराहरु के के हुन ?
सुरक्षित ऋण प्रवाह सहकारीको लागि दिर्घकालीन आधार स्तम्भ मान्न सकिन्छ । सुरक्षित ऋण लगानी गरेको खण्डमा संस्थाको वित्तीय सुचांक सन्तुलित रहन धेरै मद्धत पुग्दछ । तसर्थ संस्थाले ऋण प्रवाह गर्दा जोखिम विश्लेषण गर्नु पर्दछ । बचत तथा ऋण सहकारीको मुख्य कार्य भनेको नै बचत संकलन गरी संकलित रकम सदस्यहरुको आवश्यकता अनुरुप मुख्यतया उत्पादक क्षेत्रमा ऋण लगानी गर्नु हो । यसरी ऋण लगानी गरिरहदाँ संस्थाले भोलीको समयमा ऋणको किस्ता तालिका अनुसार किस्ता भुक्तान हुने कुराको सुनिश्चितता गर्नु पर्दछ । जसका लागि संस्थाले ऋणी सदस्यलाई ऋणको भुक्तानी प्रकृया तथा हर्जना व्यवस्था, निति नियम सम्बन्धि सम्पूर्ण जानकारी दिनुका साथै संस्थाले ईमान्दारीपूर्वक ऋणको ५ सि. विश्लेषण गर्नु जरुरी हुन जान्छ । ५ सी भन्नाले Capacity, Collateral, Capital, Character र Condition यी पाँच कुराहरुको विश्लेषण भन्ने बुझिन्छ । जसमा ऋणी सदस्यको ऋण लिएर तिर्न सक्ने क्षमता छ अथवा छैन ? तिर्ने आधार के के छ ? आम्दानीको स्रोत के के हुन ? ऋण लिएर गर्न लागेको व्यवसायको लागत कति छ र सोमा ऋणीको स्वयंमको व्यक्तिगत लगानी कति छ ? धितो दिईको सम्पत्तिको अवस्था कस्तो छ ? ऋणी सदस्यको पछिल्लो वित्तीय आचरण तथा समाजमा सो सदस्यको चरित्र कस्तो छ ? सदस्यले गर्न लागेको लगानीमा हाल के कस्ता जोखिम छन ? भबिष्यमा के कस्ता जोखिम हुनसक्छ ? प्रतिफलको दर कस्तो छ ? आदि सम्पुर्ण कुराहरुको विस्तृत अनुसन्धान तथा विश्लेषण गरि लगानी गरिएको खण्डमा संस्थाबाट भएको लगानी सुरक्षित हुन्छ ।
० ऋण लगानी कस्तो क्षेत्रमा बढि लक्षित छन ?
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था कार्य क्षेत्र काभ्रे जिल्ला भरी कायम रहेको र त्यस मध्ये यस संस्थाको कार्यालय जिल्लाको व्यापारीक केन्द्र मानिने बनेपामा अवस्थीत रहेको हुदाँ यस संस्थाको लगानी मुख्यतया व्यापार व्यवसाय, साना उद्योग र यातायात व्यवसाय आदिमा रहेको छ । संस्थाले बिद्युतिय सवारी साधन तथा बैकल्पीक उर्जा व्यवसायका लागि अन्य भन्दा सहुलियतपुर्ण ऋण सेवा दिदैैँ आएको छ । संस्थाले आफ््नो लगानीलाई उत्पादक क्षेत्रमा केन्द्रित गरेको छ । संस्थाले न्युनतम ब्याजदरमा कृषि तथा पशुपालन कर्जा लगानी गर्दै आईरहेको छ । साथै संस्थाले महिला उद्यमशिलतालाई लक्षित गर्दै महिला उद्यमशिलता सहुलियत ऋण पनि प्रदान गर्दै आईरहेको छ । समग्रमा संस्थाले बिषेशत आफ्नो लगानीलाई व्यापार, व्यवसाय, कृषि, लघु उद्यम आदि जस्ता उत्पादक क्षेत्रमा बढि केन्द्रित गरेको छ ।
० ऋण कसरी खराब हुन पुग्छ ?
कुनै पनि वित्तीय संस्थाले ऋण लगानी गर्नु पुर्व ऋण लगानीका सम्पुर्ण पक्षहरुको बिस्तृत बिश्लेषन गरी क्षमताको आधारमा रही लगानी गर्नु पर्दछ । माथि भनिए जस्तै गरि ऋण लगानी गर्दा सुरक्षित ऋण लगानीको लागि ध्यान दिनु पर्ने कुराहरुको अनुसन्धान तथा बिश्लेषन नभएको खण्डमा सम्भवत भविष्यमा त्यस प्रकारको ऋण खराब ऋणमा परिनत हुने निश्चत हुन्छ । ऋण लगानी गरिए पश्चात पनि संस्थाले ऋणीसंग निरन्तर सम्पर्कमा रहनु पर्दछ । लगानी गरीएको ऋण रकम ऋण उद्धेश्य अनुरुप खर्च भएको छ छैन संस्थाले एकिन गर्नु पर्दछ । उद्देश्य भन्दा बाहिरको क्षेत्रमा लगानी भएको खण्डमा पनि सो ऋण खराब ऋणमा परिनत हुन जान्छ । सो भन्दा बाहेक केहि हदसम्म बाहिरी पक्षहरु पनि छन खराब ऋणमा परिनत हुनमा जसमा कोभिड जस्तो आकस्मीक महामारी, आर्थिक मन्दि, देशको राजनैतिक अवस्था, नीतिगत व्यवस्था आदि ।
० कति छ खराब ऋण ?
हाल जुन देश तथा विश्वव्यापी रुपमा देखिरहेको वित्तीय कारोबार संकुृचन तथा आर्थिक मन्दि भई व्यापार व्यवसायमा शिथिलता आईरहेको समयमा यस चण्डेश्वरी साकोसका ऋणी सदस्यहरुलाई पनि यसले प्रत्यक्ष अप्रत्यक्ष असर पक्कै पनि गरेको छ । तै पनि चण्डेश्वरी बचत तथा ऋण सहकारीले सुरक्षित लगानीलाई बिषेश ध्यान दिदैँ सुरक्षित लगानी गर्दै आएको छ । लगानी गरिने ऋण रकम पनि सदस्यको बचत रकम नै हो । चण्डेश्वरी साकोसले सदस्यको बचतको सुरक्षालाई प्रथम प्राथमिकतामा राखेको छ । ऋणी सदस्य संग निरन्तर सम्पर्कमा रहि नियमित रुपमा ऋण असुली कार्य भईरहेको छ । संस्थाले वित्तीय मापनको लागि पल्र्स सुचाङ्क प्रयोग गर्दै आईरहेको छ जसमा हाल संस्थाले खराब ऋणको लागि पल्र्स मापडण्ड अनुसार आवश्यक पुर्ण रुपमा प्रोभिजन को व्यवस्था गरी सुरक्षित गरीएको छ ।
० सहकारी डुब्न लागे, भागे, पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र सुनिन्छ नि आजकल, किन ?
अहिले देशमा सहकारीप्रति जुन किसिमका समाचारहरु सम्प्रेशन भई रहेको छ यो पक्कै पनि सहकारीलाई बदनाम गर्न गरिएका मात्र हो जस्तो लाग्छ । सहकारी डुब्न लागे, सहकारीहरु भागे भनिरहदाँ कस्तो प्रकारको सहकारी डुबे अथवा भागे त्यसमा मुल्याङ्कन हुन जरुरी छ । समुदायमा आधारीत भई संचालन भएका सहकारीहरुलाई यसले केही असर पु¥याएको छ जस्तो लाग्दैन । कुनै एउटा सहकारी डुबे अथाव भागे भनेर सबै सहकारीलाई एउटै डालोमा हालेर सहकारी क्षेत्रको बदनाम गर्ने कार्य मात्रै हो जस्तो लाग्छ । सहकारी संचालनका आफ्नै सिद्धान्त निति नियमहरु हुन्छन । कुनै पनि सहकारी निती नियममा बसि संचालन गरेको छ छैन, सहकारीका सिद्धान्तमा बसि सम्पुर्ण सदस्यलाई समानुपातिक रुपमा सेवा दिएको छ, छैन भनी सर्वसाधारणले बुझनु जरुरी छ । निती र बिधि बाहिर गई कुनै निश्चित समुहको स्वार्थका लागि कार्य गर्ने संस्था पक्कै पनि डुब्छ, भाग्छ । सहकारी तथा कुनै बैङ्क तथा वित्तीय संस्था वित्तीय कारोबार सन्तुलनमा चलेको हुन्छ । बचत संकलन, बचत फिर्ता यी मध्य एउटाको मात्र संन्तुलन गुमे पनि संस्थाहरुलाई चल्न कठिनाई हुन्छ । जसले गर्दा नराम्रो सन्देश प्रवाह भई डुब्न सक्ने सम्भावना रहन्छ । समुदायमा आधारीत रहि चलेको संस्था ठुलो होस वा सानो यस्तो संस्थामा भने पक्कै पनि समस्या रहेको छैन ।
० समुदायमा आधारीत संस्थामा यस्तो समस्या झेल्नु परेको छ ?
हाल जुन केहि सहकारीमा देखिएको समस्याहरु छन ति सबै सहकारीहरु केहि निश्चत सदस्य केन्द्रित भई सहकारीका निति नियम उल्लघंन गरि चलाईएको सहकारीहरु हुन । सहकारी निश्चत व्यक्तिको स्वार्थमा केन्द्रित भएको खण्डमा सो सहकारीमा समस्या आउनु स्वाभावीक हो । तर समुदायमा आधारीत भई संचालनमा रहेको सहकारी, निति नियमसंगत रुपमा चलेको सहकारीहरुमा यस प्रकारको समस्या देख्नु झेल्नु परेको छैन । समुदायमा आधारीत भई संचालनमा रहेको सहकारी संघसंस्थाहरुको वित्तीय विवरण अध्ययन गर्नुहोला संस्थाहरुको वित्तीय विवरण सकारात्मक नै पाउनु हुनेछ ।
कुनै एउटा सहकारी डुबे अथाव भागे भनेर सबै सहकारीलाई एउटै डालोमा हालेर सहकारी क्षेत्रको बदनाम गर्ने कार्य मात्रै हो जस्तो लाग्छ । सहकारी संचालनका आफ्नै सिद्धान्त निति नियमहरु हुन्छन । कुनै पनि सहकारी निती नियममा बसि संचालन गरेको छ छैन, सहकारीका सिद्धान्तमा बसि सम्पुर्ण सदस्यलाई समानुपातिक रुपमा सेवा दिएको छ, छैन भनी सर्वसाधारणले बुझनु जरुरी छ । निती र बिधि बाहिर गई कुनै निश्चित समुहको स्वार्थका लागि कार्य गर्ने संस्था पक्कै पनि डुब्छ, भाग्छ ।
० सहकारीमा पनि त विकृति आई रहेको छन । वित्तीय सुसासन को लागि के के कदम चाल्नु भएको छ ?
सहकारीहरुमा विकृत्ति नआएको होईन आएको छ । सहकारीका संचालकहरुले सहकारीका निति नियम तथा बिनियम अनुसार संस्था चलाउन नजान्नाले पनि बिकृत्ति निम्तीएको हुन्छ । कुनै पनि संस्था आफ्नो लक्ष्य ध्येयबाट बिमुख भई निजि स्वार्थ पुरा गर्ने हिसावले संचालन हुन्छ भने त्यस्तो संस्थामा बिकृत्ति आउनु स्वाभावीक नै हुन्छ । चण्डेश्वरी साकोस स्थापना कालदेखि नै आफ्नो ध्येय अनुरुप चलिआएको संस्था हो । समुदायमा आधारीत भई निति तथा बिधिको अधिनमा बसि संस्थाले आफ्नो कारोबारहरु गर्दै आएको छ । चण्डेश्वरी साकोसले सहकारी स्तरिकरणका कार्यक्रमहरु एक्सेस र प्रोटेक्ट कार्यक्रममा सहभागी भएको छ । यी कार्यक्रममा संस्थाको वित्तीय अनुशासन देखि संस्थाको सुशासन सम्पुर्ण पक्षको सुचाङ्क मार्फत नियन्त्रण गरेको हुन्छ । चण्डेश्वरी साकोसले एक्सेस कार्यक्रम अन्तर्गत सिल्भर ब्राण्ड समेत पाउन सफल भएको छ ।
० सरल र सहज ढगंबाट चल्न सहकारीको मुल्य तथा सिद्धान्त कस्तो हुनुपर्दछ ?
सहकारी संस्थाहरुमा अन्तराष्ट्रिय प्रतिपादित सिद्धान्तहरुलाई राम्रोसँग पालना गर्ने हो भने सहकारी संचालन सरल ढगंबाट गर्न सकिन्छ । यहाँ निति बिधि सिद्धान्त उल्लघन गरी सहकारी संचालन गर्नाले केही सहकारीहरुमा समस्या देखेका हुन ।
० सहकारीले सदस्यहरुको क्षमता अभिबृद्धिको लागि कस्तो कार्यक्रम ल्याएको छ ?
चण्डेश्वरी साकोसले आफ्ना सदस्यहरुको क्षमता बिकास गर्नका लागि संस्थाको बार्षिक कार्ययोजना बनाएरै बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सदस्यहरुको सिप बिकास गरी स्वरोजगारमा जोडिन संस्थाले बार्षिक रुपमा निःशुल्क सिपमूलक तालिम कार्यक्रमहरु गर्दै आईरहेको छ । त्यसैगरी नियमित रुपमा सहकारी शिक्षा तथा वित्तीय शिक्षाहरु प्रदान गर्नुका साथै सदस्यको आवश्यकता अनुरुप व्यवसाय सम्बन्धि अभिमुखिकरण पनि गर्दै आईरहेको छ ।
० सहकारीको सिकाईमूलक भुमिका हुनु पर्छ कतिको विश्वास राख्नु हुन्छ ?
सहकारी संस्थाहरुको सदस्य प्रति सिकाईमूलक भूमिका रहने कुरामा कुनै दुईमत छैन । किनभने सहकारीको स्थापनानै साझा उद्देश्य तथा साझा हितका लागि एकआपसमा मिलेर कार्य गर्नका लागि हो जसले सदस्यहरुको आर्थिक अवस्था माथि उकास्न, सामाजिक र साँस्कृतिक उत्थान गर्नका लागि वित्तीय सेवाहरु प्रदान गर्छ ।
० सहकारीमा जगेडाकोषको जथाभावी चलाउन पाउदैन, संस्थागत बिकासमा मात्र चलाउन, बढाउन पाईन्छ भनिन्छ । लागु भएको छ तपाईकोमा ?
जगेडाकोषलाई संस्थाको कोष भनेर बुझिन्छ । यो सहकारी संस्थाको आत्मा नै हो भनेर बुझ्दा पनि फरक पर्दैन । जगेडा कोषलाई जथाभावी चनाउन पाउदैन । यो कोष चलाउन कानुनले पनि दिएको छैन । सहकारीमा सदस्यको बचत र शेयर रकम भनेको सदस्यले मागेको बेला संस्थाले तुरुन्त उपलब्ध गर्न सक्नुपर्छ । सो भन्दा बाहेक सहकारी संचालनका लागि संस्थामा बिविध कोषहरुको स्थापना गरिएको हुन्छ, ति सम्पुर्ण कोषहरु निश्चित उद्देश्य लिएर स्थापना भएको हुन्छ र सो कोषको खर्च पनि सोहि उद्धेश्य अनुरुप गरेको हुनुपर्दछ । तर जगेडा कोषको रकम भने खर्च गर्न सकिन्दैन खर्च गरे पनि स्थीर सम्पत्ति खरिदमा बढिमा ५०% रकम सम्म गर्न सकिन्छ । जगेडाकोष जती बलियो हुन्छ संस्था त्यति नै बलियो र दिर्घकालीन हुन्छ । यस कोषको दुरुपयोग गरेको खण्डमा संस्था धरासायी हुन सक्छ । चण्डेश्वरी साकोसमा संस्था स्थापनाको ३४ बर्ष सम्मको संचालन अवधिमा १४ करोड भन्दा माथि जगेडा कोष पु¥याउन सफल भएको छ ।
० आफ्ना सदस्यलाई सहयोग गरी सुबिधा दिएर समस्या सुल्झाईदिने सहकारीको काम र कर्तव्य हो, संस्था धनी बनाउने होईन भनिए पनि त्यसो हुन सकेको छैन भन्ने आरोप छ नि सहकारीहरुलाई ?
सहकारी स्थापना भएको नै आफ्ना सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्नका लागि हो । सदस्यलाई ऋण प्रदान गरी व्यवसाय बिकास गर्नु मद्धत गर्नु, बचत स्वीकार गर्नु, सदस्यलाई सिप सिकाई आय बृद्धि गर्न तथा स्वरोजगारमा जोडिन सहयोग गर्नु समग्रमा उत्कृष्ट वित्तीय सेवा प्रदान गर्नु नै सहकारीको लक्ष्य रहेको हुन्छ । चण्डेश्वरी साकोसले आफ्ना सदस्यलाई परेका वित्तीय समस्याहरुबाट बाहिर निस्कन अभिभावकीय भुमिका निर्वाह गर्दै आईरहेको छ । सदस्यलाई आवश्यक परेको बेलामा वित्तीय परामर्श पनि दिने गरेको छ । आकर्षक व्याजदरमा सदस्यहरुको बचत स्वीकार गरी सदस्यहरुलाई नै आयआर्जन गर्नका लागि न्युन व्याजदरमा ऋण प्रदान गर्नुका साथै सदस्यलाई आईपर्न सक्ने बिविध भैपरी घटनाहरुमा संस्थाले राहत पनि दिर्दै आएको छ । पक्कै पनि सदस्यको वित्तीय समस्या सुल्झाउने सहकारीहरुको काम र कर्तव्य अनुसारनै चण्डेश्वरी साकोसले आफ्नो कर्तव्यलाई विविध कार्यक्रम मार्फत पूर्ण रुपले निर्वाह गर्दै आएको जस्तो मलाई लाग्छ ।
० सामाजिक उत्तर दायित्व बहन गर्न तपाईको सहकारी कत्तिको लागि परेको छ ? पछिल्ला गतिविधि केहि छन ?
सहकारी संस्था समाजमा स्थापित संस्था भएको अधारमा यसको सामाजिक उत्तरदायित्वहरु हुन्छन । चण्डेश्वरी साकोसले आफ्नो बार्षिक कार्ययोजना नै बनाई अफ्नो सामाजिक दायित्व निर्वाह गर्दै आईरहेको छ । हामीले अर्धबार्षिक रुपमा खुल्ला रक्तदानका कार्यक्रमहरु आयोजना गर्दै आईरहेका छौँ, साथै निःशुल्क स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आईरहेका छौँ । पछिल्ला समयको कुरा गर्नुपर्दा चण्डेश्वरीले समुदायका मानिसलाई लक्षित गरि पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको अभिमुखिकरण कार्यक्रम साथै निःशुल्क परिक्षण शिविर संचालन गरेको थियो । साथै पुरुषहरुमा हुने प्रोस्टेट क्यान्सरको परिक्षण शिविर, सुगर प्रेसर सम्बन्धि सामान्य जाँच तथा चिकित्सक परामर्श सेवा, आँखा शिविर तथा दन्त शिविरहरु पनि संचालन गरेको थियो । संस्थाले हरेक बर्ष आफ्नो कार्ययोजना बनाई सामुदायिक बिद्यालयहरुलाई सहयोग कार्यक्रमहरु पनि निरन्तर गर्दै आईरहेको छ ।
० सदस्यहरुको क्षमता अभिबृद्धि र आर्थिक हैसियत बढोत्तरीमा कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
चण्डेश्वरी साकोसले आफ्नो संचालनको ३४ औँ बर्ष पार गर्दासम्ममा हजारौँ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिसकेको छ । हाल संस्थामा १० हजार ६७८ जना सदस्य छन । सदस्यहरुले सहुलियत ऋण लिई व्यापार व्यवसाय मार्फत आफ्नो वित्तीय हैसियत बढोत्तरी गरेको उदाहरण धेरै छन । साथै पछिल्लो समयमा सदस्यहरुलाई सिपमुलक तालिम कार्यक्रममा आबद्ध गराई सिप तथा क्षमता अभिबृद्धि गर्नुका साथै उद्यमी बन्न मद्दत गर्दै आईरहेको छ । बिषेशत अझ महिला उद्यमीहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सहुलियतपूर्ण महिला उद्यमी ऋण योजना पनि ल्याएका छौँ ।
० अन्त्यमा केही ?
चण्डेश्वरी साकोस सदस्यहरुको हितका लागि सामुदायिक हितका लागि आफ्नो कार्यक्रम तथा सेवा मार्फत आफ्नो ध्येय र उद्धेश्य प्राप्तिका लागि निरन्तर लागिरहने विश्वस्त दिलाउन चाहन्छु । हाम्रो पहिलो प्राथमिकता नै सदस्यहरुलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गरि सदस्यहरुको आर्थिक अवस्था उकास्नु रहेको छ । बिगत तीन दशक भन्दा बढि समय यस चण्डेश्वरी साकोसले आफ्नो सेवाहरु निरन्तर दिर्दै आएको छ र आगामी सयौँ बर्षसम्म पनि निरन्तर दिई नै रहने छ । साथै आज यस साकोसका बारेमा केहि कुरा राख्न तथा साकोसका गतिविधिहरु राख्ने मौका दिनु भएकोमा तपाई लगायत तपाईंको लोकप्रीय मिडियालाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ।