भारी बर्षा सँगै अरनिको राजमार्गको विभिन्न खण्ड अवरुद्ध बनेको छ।
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल स्थित ५१ किलोमा आएको लेदो सहितको पहिरोको कारण अरनिको राजमार्ग अबरुद्ध भएको हो।
अरनिको राजमार्ग अन्तर्गत ५१ किलो र५२ किलोमा सडक अवरुद्ध भएको छ । माथिबाट लेदो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरो खसेका कारण पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ।
सवारीहरुलाई चाखोला–ज्याम्दी–कुन्ताबेंसी–नगरकोट सडक–खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।