सुनको मूल्य झण्डै १६ हजार घट्यो

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ मंसिर १०, सोमबार (१ साल अघि)
  • ६१४ पटक पढिएको

सुनको मूल्य झण्डै १६ हजार घट्यो

पछिल्लो केही समययता निरन्तर उकालो लागिरहेको सुनको मूल्य सोमबार नेपाली बजारमा भारी गिरावट आएको छ। सोमबार सुनको मुल्य प्रतितोला झण्डै १६ हजार रुपैयाँ घटेको छ।

सरकारले भन्सार दर घटाएपछि सुनको सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबार तोलामै १५ हजार ९ सय रुपैयाँ घट्दै सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार सनुको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।

सरकारले आइतबार सुनमा लगाउँदै आएको भन्दार दर २० बाट १० प्रतिशतमा झारेको थियो। त्यसैको प्रभाव मूल्यमा परेको हो।

भारतबाट हुने सुन तस्करी रोक्न भन्सार घटाइएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भने। सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस