दोस्रो पटक अमेरिकाको राष्ट्रपति बने ट्रम्प


दोस्रो पटक अमेरिकाको राष्ट्रपति बने ट्रम्प

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन्। मंगलबार भएको राष्ट्रपतीय चुनावमा ट्रम्पले दोस्रो पटक राष्ट्रपतिमा विजयी हात पारेका हुन्।

ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका छन् । ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए पनि औपचारिक घोषणा हुन भने बाँकी छ।

ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएसँगै विजय निश्चित भएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ।

अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ  । अमेरिकी राष्ट्रपति चुनावमा जित सुनिश्चित भएपछि ट्रम्पलाई विश्वका नेताहरुले बधाई दिनेक्रम शुरु भएको छ।

आफ्नो जित सुनिश्चित भएपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई निको पार्न सघाउ पुर्याउने बताएका छन् । संवोधनकाक्रममा उनले आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस