सहकारी ठगी प्रकरणामा पूर्वडिआइजी जोशी पक्राउ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ६, आईतबार (१ साल अघि)
  • ४१७ पटक पढिएको

सहकारी ठगी प्रकरणामा पूर्वडिआइजी जोशी पक्राउ

सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी उजुरीका आधारमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्।

गोर्खा मिडिया नेटवर्कका सञ्चालक जोशीलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लैजाने तयारी रहेको प्रहरीले जनाएको छ। जोशी प्रहरीबाट अवकाश प्राप्त डिआइजी हुन्।

सहकारी छानबिनसम्वन्धी संसदीय छानविन समितिले पूर्वगृह तथा उपप्रधानमन्त्र समेत रहेका रवि लामिछाने, पूर्वडीआईजी जोशी, जीबी राई, कुमार रम्तेललगायतलाई छानविन गरी कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ।

उनीहरुले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको छानबिन समितिको निष्कर्ष थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस