चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ७, शुक्रबार (१ साल अघि)
  • २८९ पटक पढिएको

चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते

हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ९ः१५ बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।

बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परेका सबै घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा भर्ना गरिएको छ।

घाइतेहरू मध्ये बारा कलैया उपमहानगरपालिका–२३ का ३२ वर्षीय सुरेन्द्र शर्मा, भारतीय नागरिक ४१ वर्षीय रन्जन कुमार सिंह लगायत रहेका छन् । विशेषगरी बारा पर्सैनि गाउँपालिका–३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा भारतीय तथा नेपाली नागरिकहरू रहेका छन्, जसमध्ये धेरैजसोको अवस्था मध्यम रहेको छ।

रातोमाटे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस