बुडोल सामुदायिक साकोसको लिडरशिप बुटक्याम्प सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष २३, मंगलबार (११ महिना अघि)
  • ३५३ पटक पढिएको

बुडोल सामुदायिक साकोसको लिडरशिप बुटक्याम्प सम्पन्न

बुडोल सामुदायिक साकोसको लिडरशिप बुटक्याम्प सम्पन्न भएको छ।

संस्थाले आफ्ना नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको नेतृत्व क्षमता निखार्ने अभिप्रायले पुष १८ गतेदेखि २० गतेसम्म लिडरशिप बुटक्याम्प कार्यक्रम गरेको हो।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोगमा भएको बुटक्याम्पलाई बल्लभ तिमल्सिना र श्यामराजा तिमल्सिनाको सहजीकरण गरेका थिए।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र उच्च व्यवस्थापनका कर्मचारीहरू समेत गरी २४ जनाले सहभागिता थियो।

तालिम समापन कार्यक्रममा सहभागिता नेफ्स्कूनकी सञ्चालक समिति सदस्य मन्दरा मिश्रले तालिम कार्यक्रमको सिकाईबाट आगामी दिनमा बुडोल सामुदायिक साकोसको नेतृत्व थप मजबुद हुने विश्वासका साथ संस्थाको सफलताको शुभकामना सन्देश दिइन्।

संस्थाका कैलाश केसीले तालिम कार्यक्रम निकै उपयोगी रहेको र यस तालिम पश्चात संस्थाको नेतृत्व धारण गरेका व्यक्तिहरुको विचारलाई अझ परिष्कृत बनाउँदै नेतृत्व गर्ने उद्देश्य तय गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे।

ताजा अपडेट

खोजी गर्नुहोस