उदेश्यका साथ अगाडि बढे हरेक कुरा सम्भव छ : अध्यक्ष शर्मा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष २७, शनिबार (६ महिना अघि)
  • २१४ पटक पढिएको

उदेश्यका साथ अगाडि बढे हरेक कुरा सम्भव छ : अध्यक्ष शर्मा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले उदेश्यका साथ अगाडि बढे मात्र हरेक काम पुरा गर्न सकिने बताएका छन्।

शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २७औँ स्थापना दिवसको अवसरमा उनले समाज र आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण रहने बताएका हुन्।

‘हाम्रोे उदेश्यलाई पुरा गर्ने गरी हिड्यौं भने हरेक कुराहरु सम्भव छ। निस्वार्थ हिसावले र हाम्रो उदेश्यलाई क्लियर गरेर हिड्यौं भने हाम्रो जीवनमा आउने समस्याहरु समाधान हुन्छन्। समस्या त आउँछन् नआउने होइन, एउटा कमिटमेन्टका साथ अगाडि बढ्यौं भने हरेक कुराहरु पुरा गर्न सकिन्छ। हामीले उदेश्य कस्तो लिएका छौं त्यसमा भर पर्छ,’ उने भने, ‘हामीले आफ्नो व्यक्तिगत स्वार्थ, समाजको स्वार्थ, अर्थात हाम्रो दृश्टिकोणलाई कसरी व्यवस्थापन गरेका छौं, समाजले, आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो।’

यसैगरी उनले बीना अनुसन्धान शिक्षा नचल्ने बताए। उनले कतिपय निशुल्क शिक्षाभित्र राज्यले दिनुपर्ने सेवासुविधा प्रष्ट हुनुपर्ने बताए।

 

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस