संयुक्त राष्ट्रसंघको सहभागीताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष २९, सोमबार (१ महिना अघि)
  • ९९ पटक पढिएको

संयुक्त राष्ट्रसंघको सहभागीताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री

|परराष्ट्रमन्त्री डा राणा काठमाडौँ, २९ पुसः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा धारणा राख्दै । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन्।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको र चीन भ्रमणमा पनि नेपाल र चीनबीचको सम्बन्ध र सहयोग सम्बन्धी महत्वपूर्ण छलफल भएको बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ । चीन भ्रमणको क्रममा चीनसँग व्यापार लगानी, अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशा तर्फ दुई पक्षिय सम्बन्ध राम्रो हुनु पर्ने कुरा भएको र नेपाल र चीनको सम्बन्ध थप उचाईमा लैजानको लागि भावि कार्य दिशा समावेश गरिएको छ।’

यसको साथै, उनले प्यालेस्टाइनको पक्षमा भएको एउटा स्पेशल बैठकमा भाग लिँदै विपिन जोशीको रिहाईको लागि पहल गरेको पनि बताइन्।

उनले भनिन्, ‘प्यालेस्टाइनको पक्षमा त्यहाँ भएको युद्ध सम्बन्धी एउटा स्पेशल बैठक भएको थियो । त्यसमा पनि मैले भाग लिएको थिए, त्यो बेला मैले विपिन जोशीको रिहाईको लागि पहल गरेको थिए ।’

ताजा अपडेट

खोजी गर्नुहोस