राष्ट्रपति पौडेल स्वदेश फर्किए

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ कार्तिक ३०, शुक्रबार (३ हप्ता अघि)
  • ८६ पटक पढिएको

राष्ट्रपति पौडेल स्वदेश फर्किए

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन्।

अजरबैजानबाट कतारको राजधानी दोहा हुँदै राष्ट्रपति पौडेलको टोली शुक्रबार बिहान काठमाडौं आइपुगेको हो।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सोमबार बाकुतर्फ प्रस्थान गरेको थियो।

राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष ,उपसभामुखलगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो।

राष्ट्रपति पौडेलले कोप २९ अन्र्तगत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र माल्दिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएका थिए।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस