रविविरुद्ध चितवनमा पनि दिए सहकारी पीडितले जाहेरी

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ५, बुधबार (२ हप्ता अघि)
  • ७६ पटक पढिएको

रविविरुद्ध चितवनमा पनि दिए सहकारी पीडितले जाहेरी

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सहकारी ठगी र संगठित अपराधको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवन प्रहरीमा पनि जाहेरी परेको छ।

चितवनको सहारा चितवन सहकारीका बचतकर्ताहरुले लामिछानेसहित १० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन्। प्रहरीले उक्त जाहेरी लिएर अनुसन्धान भइरहेको जनाएको छ।

उनीहरुमा लामिछाने र छबिलाल जोशी बाहेक अरू ८ जनाविरूद्ध पनि जाहेरी परेको छ। ती आठ जना जिबी राईले चलाएका विभिन्न कम्पनीका सञ्चालक रहेको बताइएको छ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना आरोपमा पक्राउ गरी कास्की पुर्‍याएका लामिछानेसहितविरूद्ध कास्की प्रहरी हिरासतमै रहँदा रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो।

त्यसपछि काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएपछि रुपन्देहीबाट बयान सकाएर कास्की हिरासतमै फर्काइएका लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा अनुसन्धानका लागि गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य छबिलाल जोशीलाई मंगलबार नै काठमाडौं ल्याइ अनुसन्धान सुरू भएसकेको छ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस