खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ६, बिहिबार (२ हप्ता अघि)
  • ६२ पटक पढिएको

खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै ¥याली निकालेको छ।

बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी ¥याली गरिएको हो।

कार्यक्रममा सहभागी अभियान्ता राजाराम तन्दुकारले सहर सवारी साधनमैत्री होइन् जनतामैत्री हुनुपर्नेमा काठमाडौं महानगरले जनताको नीजि सम्पत्तिलाई बिना मुआब्जा ,बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने जस्ता त्रासपूर्ण गलत कामहरु गरिहेको बताए।

उनले अहिले आफूहरुले खबरदारी मात्र गरेको भन्दै माग पूरा नभए काठमाडौं महानगरका बालेन(वालेन्द्र) शाहलाई महानगर निषेध कार्यक्रम पनि घोषणा गर्ने चेतावनी दिए।

‘सहर सवारीसाधन मैत्री होइन्, जनतामैत्री हुनुपर्छ। जनताको नीजि सम्पतिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने ,त्रास सृजना गर्ने कामहरु गलत भइरहेको छ,’ उनले भने, ‘हाम्रो खबरदारी मात्र हो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरुलाई कार्यालय प्रवेश निषेध गर्छौं। जस्तै बालेनलाई हामी काठमाडौं महानगर निषेध कार्यक्रम पनि घोषणा गर्नसक्छौ।’

कार्यक्रममा सहभागीहरुले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाईदैन, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर,जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, आवास र सम्पत्तिको सवैधानिक हकको ग्यारेन्टी गर, निजी घरजग्गा माथि हस्तक्षेप बन्द गर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस