संरक्षणको पर्खाईमा कालो पुल

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन १, बिहिबार (५ महिना अघि)
  • ९९३ पटक पढिएको

संरक्षणको पर्खाईमा कालो पुल
  • प्रेमराज तामाङ

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका र तेमाल गाउँपालिका जोड्ने कालो पुल धेरै बर्ष अगाडीको पुरानो झोलुङ्गे पुल हो । वारी रोशी र पारी तेमालको मिलन गराएको यो पुल वि। स। १९६६ तिर निर्माण गरिएको बुढापाकाहरुको भनाई छ।

रोशीको नार्के बजार र मंगलटार बजारको बिच दाउन्नेको किनारमा झोलुङ्गे पुल अबस्थित रहेको । यो पुललाई कालो पुलको नामले पनि चिनिन्छ । राणकालमा बनेको कालो पुल सायद काभ्रेकै पुरानो पुल पनि हुन सक्छ।

कालो पुलको पिल्लरको माथिल्लो भागमा गजुर रहेको छ। यो पुल हार्पर कम्पनीले बनाइएको इतिहासका अन्वेषक सुनिल उलक बाताउनु हुन्छ। १९६० को दशकमा नेपालमा बनेका ७ वटा पुल मध्ये यो कालो पुल पनि एक हो। सुनिल उलकका अनुसार डिजाइनर हार्पर एण्ड कम्पनीका मालिक लुइस हार्परले नै गरेको थिए। नेपालको तर्फ बाट इन्जिनियर बिगेडियर कर्णेल कुमार नर सिं राणाले निर्माण गर्नु भएको थियो । यो पुल निर्माणमा नेपाली सेनाको जवानहरूलाई नै खटाईएको उहाँ बताउनु हुन्छ।

यो पुल अझै पनि मजबुद छ । बिचको भागमा उठेको यो झोलुङ्गे पुल खासै लामो छैन। रोशी खोलाको साँघुरो ठाउँ दाउन्नेमा अबस्थित रहेको पुलको दक्षिण तिर राजमार्ग र उत्तर २०१६ सालमा खनिएको आरटिओ सडकको रेखाङ्कन रहेको छ। यो पुल १३० फिट लामो र ४ फुट चौडाई रहेको छ । ११३ बर्ष पहिले बनेको यो पुल अहिले पनि उत्तिकै बलियो र मजबुद नै छ।

यो पुल हुँदै यहाँका स्थानियले अहिले पनि दैनिक रुपमा ओहोरदोहोर गरिरहन्छन । पछिल्लो समयमा गिट्टी बलुवा ढुङ्खा निकालिएको हुनले खोला गहिरिएको सँगै पुलको पिल्लर गजमा खतरा उत्पन्न भएको छ। पुरानो इतिहास बोकेको यो पुलको सुरक्षाको लागि सपोर्ट वाल निर्माण गरिएको छ।

पहिले यो पुलमा अग्राखका बाक्लो फल्याकको प्रयोग गरिएता पनि धेरै बर्ष पुरानो भई कुहिएर गएको हुनाले पछिल्लो समयमा स्टिल राखेर बलियो बनाइएको छ। गत असोजमा परेको अबिरल बर्षा र बाढी पहिरोले पुल छेउको भु–भाग बगाएका कारण यात्रा गर्न असहज भएको स्थीयहरु बताउँछन । बाढी पहिरो पश्चात पुलबाट ओहोरदोहोर गर्न असहज भएको छ।

पछिल्लो समय यो पुल प्रयोग गर्न धेरै कठिनाई भोक्नु परेको छ त्यसैले यहाँका स्थानिय बसिन्दाहरका अनुसार ११३ बर्ष पुरानो पुललाई संरक्षण गर्न स्थानिय सरकार प्रदेश सरकार संघिय सरकारको धेरै अवश्यक देखिएको बताउँछन्।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस