पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन १६, शुक्रबार (१ साल अघि)
  • ३२५ पटक पढिएको

पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ।

शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो।

गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ।

उनले भने,‘हामीले साधुहरुलाई विभिन्न वर्गीकरण गरेको छौं । त्यहि अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौं। दुई सय रुपैयाँदेखि लिएर नौं हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौं।’

त्यस्तै उनले साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थानले पहिले गर्ने प्रचन भएतापनि केही वर्षदेखि कोषले पनि आधा खर्च गर्न थालेको बताए।

‘शिवत्रात्रिको बेला सम्पूर्ण खानपानदेखि बस्ने र धुनीको व्यवस्था साधु सन्तहरुलाई दक्षिणा दिने र गुठीले बिदाइ गर्ने परम्परा थियो,’ उनले भने, ‘अहिले कोषले गुठीले दिएको आधा रकम हामी पनि दिन्छौं भनेर उहाँहरुले पनि गर्न लाग्नु भएको छ।’

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस