संयुक्त राष्ट्रसंघको फ्युचर समिट २०२४ का लागि सहरी कृषि सम्बन्धी अध्ययनले नयाँ दृष्टिकोण प्रस्तुत गर्ने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २९, शनिबार (२ महिना अघि)
  • १५६ पटक पढिएको

संयुक्त राष्ट्रसंघको फ्युचर समिट २०२४ का लागि सहरी कृषि सम्बन्धी अध्ययनले नयाँ दृष्टिकोण प्रस्तुत गर्ने

सहरी कृषि विश्वव्यापी रूपमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ, जसका थुप्रै सफल उदाहरणहरू विश्वभरका प्रमुख शहरहरूमा पाइन्छन्। सहरी कृषि अभ्यासको कारणहरूमा खाद्य सुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरूको वृद्धि उल्लेखनीय छन्। यद्यपि, हालैको एक अध्ययनले सहरी कृषिले दिगो विकास लक्ष्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न थालेको देखाएको छ।

ग्रोनिन्जेन विश्वविद्यालयका डा। प्रजल प्रधानको नेतृत्वमा नौ जना सहकर्मीहरूको टोलीले सहरी कृषिले दिगो विकास लक्ष्यहरूलाई कसरी प्रभाव पार्छ भन्ने विस्तृत समीक्षा गरेको छ। अनुसन्धानले विश्वभरिका झन्डै १४५० प्रकाशनहरूको विश्लेषण गर्दै, सहरी कृषि र दिगो विकास लक्ष्यहरूबीचको सम्बन्धको गहिरो अध्ययन गरेको छ। यस अध्ययनको नतिजा ‘सेल रिपोर्ट सस्टेनेबिलिटी’ जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानले सहरी कृषिले १७ वटा दिगो विकास लक्ष्यहरूसँग सम्बन्ध राख्ने देखाएको छ। यसले ८१ वटा लक्ष्यहरूलाई सकारात्मक रूपमा असर गरेको छ भने ५१ वटा लक्ष्यहरूमा नकारात्मक असर देखाएको छ। यी निष्कर्षहरूले आगामी संयुक्त राष्ट्रसंघको फ्युचर समिट २०२४ लाई नयाँ दृष्टिकोण र दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ, जसले दिगो विकासको प्रगतिलाई थप गति दिनेछ।

डा। प्रधानका अनुसार, सहरी कृषिले दिगो विकासका लागि ठूलो सम्भावना बोकेको छ, तर यसको सफलताका लागि सकारात्मक प्रभावलाई अधिकतम बनाउन र नकारात्मक असरलाई न्यूनीकरण गर्न आवश्यक छ। अध्ययनले सहरी कृषिका केही चुनौतीहरू, जस्तै प्रदूषणबाट स्वास्थ्य जोखिम र स्रोतहरूको उच्च माग, पहिचान गरेको छ।

मिडवेस्ट विश्वविद्यालय नेपालका प्राध्यापक दयाराज सुबेदिले सहरी कृषिले दिगो विकासमा योगदान पुर्‍याउन स्रोतहरूको समान पहुँच र बलियो व्यवस्थापन आवश्यक रहेको बताए। यस्तै, वुहान विश्वविद्यालयका अनुसन्धानकर्ता युआनचाओ हुले सहरी कृषिले दिगो विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि यसका लागि स्थानीय सन्दर्भअनुकूल समाधानहरू खोज्नुपर्ने आवश्यकता औंल्याए।

अनुसन्धानले सहरी कृषि दिगो बनाउनका लागि उपयुक्त अभ्यासहरू अपनाउन सुझाव दिएको छ, जसले शहरी भविष्यलाई लचिलो बनाउनेछ। डा। प्रधानले थपे, ‘हाम्रो अध्ययनले शहरी कृषिको दुवै सकारात्मक र नकारात्मक प्रभावहरूलाई उजागर गर्दै, खाद्य सुरक्षामा सुधार, जैविक विविधताको संरक्षण, र सामाजिक समावेशीकरणमा योगदान पुर्‍याउने तथ्यहरू प्रस्तुत गरेको छ।

सहरी कृषि स्थानीय ताजा खाद्य उत्पादनलाई प्रवर्द्धन गर्दै खाद्य माइलहरू घटाउने र खाद्य सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउने अभ्यास हो। साथै, यसले सामाजिक समावेशीकरण र मानिसहरूको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।

प्राध्यापक सुबेदिले भने, ूसहरी कृषिका अवसर र चुनौतीहरूको पहिचान गर्नु महत्त्वपूर्ण छ। जनता, संस्था र सरकारले सहरी कृषि प्रवर्द्धन गरेर दिगो रूपान्तरणमा योगदान पुर्‍याउन सक्छन्।ू अध्ययनले स्थान विशेषका सहरी कृषि अभ्यासहरूको पहिचान गर्दै दिगो समाधानको खोजी गर्ने लक्ष्य राखेको छ, जसले विश्वभरका शहरहरूमा लागू गर्न सकिने उपायहरू सुझाउँछ।

फोटो : स्टोरी साइकल

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस