पाँचखालमा सवारी दुर्घटना

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (५ महिना अघि)
  • २९७ पटक पढिएको

पाँचखालमा सवारी दुर्घटना

पाँचखाल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना भएको छ। बुधाबर दिउँसो १ बजेतिर पाँचखाल–५ स्थित ३७ किलोमा बा ५ ख १२८१ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको आईचर गाडी अनियन्त्रित भई सडकबाट ७० मिटर तल खासेको थियो। सो दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा नामथर नखुलेका गाडी चालक रहेको प्रहरीले जनाएको छ। टाउको पछाडी र च्यापुमा चोट लागेका उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस