‘समय परिवर्तन भए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना परिवर्तन हुँदैन’

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २६, सोमबार (८ महिना अघि)
  • १६५ पटक पढिएको

‘समय परिवर्तन भए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना परिवर्तन हुँदैन’

उपप्रधान एवं शहरी मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावना सिकाएको बताएका छन्।

सोमबार राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शंखधर साख्वाले सबै जनतालाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना गर्दै उनीबाट हामी सबैलाई सहयोगी भावना सिक्नु पर्ने बताए।

‘शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो। यो समय परिवर्तन हुदैँ गए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना कहि परिवर्तन हुँदैन,’ उनले भने, ‘समाज, दाजुभाई दिदिबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनु भएको छ। त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ।’

उनले शंखधर साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउदा खुसि लागेको बताए।

संस्कृति, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि उनको भनाई छ।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस