मन्त्रीलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइयो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
  • २९२ पटक पढिएको

मन्त्रीलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइयो

बागमती प्रदेशमा मन्त्रीका लागि भाग पुर्याउन मन्त्रालय फुटाइएको छ।

विना विभागिय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन मन्त्रालयको विभाजन गरिएको हो। मंगलबार बागमती प्रदेश मन्त्रीपरिषद् बैठकले मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको छ।

मन्त्रीको जिम्मेवारी दिनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ। गत साउन ९ गते विना विभागिय मन्त्रीका रुपमा सपथ खाएका श्रेष्ठले बल्ल विभागीय मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

गरिबी निवारण तथा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट झिकेर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस