बोधिचित्तको माला लुटपाट प्रकरणमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव पक्राउ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १३, बिहिबार (१ हप्ता अघि)
  • १७५ पटक पढिएको

बोधिचित्तको माला लुटपाट प्रकरणमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव पक्राउ

सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त)को माला लुटपाट प्रकरणका माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता दूधराज तामाङ पक्राउ परेका छन्। काभ्रेको तेमाल – ७चापाखोरी घर भएका तामाङलाई गएराति नौ बजे ललितपुरको हरिसिद्धीबाट प्रहरीले पक्राउ गरेको हो। तामाङ अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन्।

गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो।

यो घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो।

सत्यमान लामा र दूधराज तामाङसहित तीन जना पक्राउ परे पनि अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस