नमोबुद्धमा लैंगिक हिंसाविरूद्वको १६ दिने अभियान समापन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर २६, बुधबार (४ महिना अघि)
  • १९६ पटक पढिएको

नमोबुद्धमा लैंगिक हिंसाविरूद्वको १६ दिने अभियान समापन

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन भएको छ। अभियानको नारा ‘हामी सबैको प्रतिबद्वता : लैंगिक हिंसा बिरूद्वको ऐक्यबद्धता’ थियो।

नमोबुद्व नगरपालिकाका ११ वटै वडामा ९२५ जना महिलालाई खटाएर लैंगिक हिंसा, घरेलु हिंसा, हिंसा कारण तथा निवारण सम्बन्धि सचेतना कार्यक्रम संचालन गरेको थियो।

लैंगिक हिंसाका साथै यस वर्षको बाढी पहिरोको मारमा परेको समुदाय तथा समुदायको महिलाहरूलाई परेको मानसिक असर व्यवस्थापन तथा न्युनिकरणको लागि मानसिक स्वास्थ परामर्श सम्बन्धि सचेतना पनि दिइएको थियो।

युनिसेफको सहयोगमा टिपिओ नेपालकोतर्फबाट स्वास्थ परामर्श सम्बन्धि सचेतना ऐन्जिला साक्यले दिएकी थिइन्।

पालिकाको आधाभन्दा बढि जनसंख्या महिला रहेको र आधा जनसंख्या शारीरिक मानसिक रूपमा स्वास्थ तथा सचेत रहेमा मात्रै नगरको सम्वृद्वि सम्भावना रहेकोले महिला लक्षित कार्यक्रम हरू सधैं नमोबुद्व नगरपालिका को प्राथमिकतामा रहने महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनुवारले बताइन्।

वडा स्तरको लैंगिक हपंसा तथा मानव अधिकारका विषयहरूमा सहजीकरण माानव अधिकारकर्मी भोजराज तितिल्सिनाले गरेका थिए।

समापन कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रे, नमोबुद्व नगरपालिका ,रोशी गाउँपालिका र तिमाल गाउँपालिकाको संयुक्त आयोजनामा नमोबुद्व नगरपालिका स्थिति जनक माविमा भएको थियो। कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर प्रमुख आतिथि थिइन् भने तीन वटै पालिका प्रमुखहरूको विशिष्ठ अतिथि थिए।

कार्यक्रमका अतिथिहरूले हिंसा अन्तयका लागि आ–आफ्नो पालिकाले विभिन्न गतिविधिहरू गरिरहेको जमनकारीका साथै हिंसा न्युनिकरण गर्ने प्रतिबद्धता जाहेर गरेको थिए।

नमोबुद्व नगरपालिकाले हिंसा न्युनिकरणका लागि ७ लाखको कोष स्थापना तथम परिचालन गरेको गरप्रमुख कुन्साङ लामाले बताए।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस